Sansar News- Nepal's Fast Khabar Online News Portal

भाषा पीडित बन्दैछन् नेपालीहरु

संसार न्यूज़
२ महिना पहिले
भाषा पीडित बन्दैछन् नेपालीहरु

नेपाल र भारतका प्राय : सबै भाषा संस्कृत भाषामा आधारित छन् । संस्कृत भाषा हामी सबैको निकट जननी भाषा हो । अहिले नेपालीहरू भाषा पीडित बन्दै गएको देखिदै छ । भाषा बुझेर, पढेर, बोलेर मात्र पुग्दैन, यसमा कमाण्ड हुन सक्नुपर्छ । नेपालीहरू अहिले न नेपालीमा, न हिन्दीमा, न अंग्रेजीमा, न अरू प्रमूख नेपाली भाषाहरू-मैथिली, हिन्दी, नेवारी, मगराती, तमू थारू, अवधी, भोजपुरी, शेर्पा, डोटेलीमा कमाण्ड देखिन्छ । अनि यी सबै भाषीहरू बीचमा नेपाली भाषाले सम्पर्क भाषाको भूमिका खेल्दैछ तर पनि नेपाली भाषा पनि विज्ञान, प्रविधि, दर्शन, अध्यात्म, व्यापार ब्यवसाय, अर्थतन्त्रको भाषा बन्न सकिरहेको छैन । जबसम्म कुनै भाषा यी सबै क्षेत्र वा विषयमा पूर्ण हुने अवस्थामा पुग्दैन तबसम्म हामी बिदेशी भाषामा भर पर्नुपर्ने हुन्छ ।

हामी यदि हाम्रै भाषामा सबै विषयमा कमाण्ड गर्न चाहने हो भने, विश्वका बिकसित देशका भाषालाई टक्कर दिन चाहने हो भने एकमात्र विकल्प छ– संस्कृत भाषालाई पपुलर बनाउने । संस्कृत भाषामा सबै कुरा सुसभ्य र सटिक कमभन्दा कम शब्दमा अभिव्यक्त गर्ने सामथ्र्य रहेको छ किनभने यो हजारौ वर्ष अघिनै पूर्ण बिकसित भैसकेको तर हामीले बेवास्था गरेको समृद्ध भाषा हो ।

उपत्यकामा लिच्छवी कालमा संस्कृत राष्ट्रिय भाषाको मान्यता थियो र सबै कुरा यही भाषामा गरिन्थ्यो । संस्कृत शिक्षित पंडितहरूको संचार शास्तास्त्र गर्ने भाषा थियो, भारतीय उपमहादेशमा । त्यसैले लिच्छवीकाल नेपालको स्वर्णकाल मानिन्छ, जुनवेला संस्कृत भाषा राष्ट्रिय भाषा बनेको थियो ।

हाम्रा पुर्खा, ऋषिमुनि, आचार्य, योगी, पंडित, गुरूहरूले अथाह र हजारौं वर्षका निम्ति पुग्ने ज्ञानरूपी सम्पत्ति दिएर गए । त्यसलाई हामीले उपयोग गर्ने कुनै प्रयत्न न हिजो गर्यौं, न आज गर्ने सुरसार देखाउदौ छौं । कुनै अध्ययन, चिन्तन नगरी अझ उल्टो ती ऋषिमुनिले केही गरेनन् , कल्पना मात्र गरेका हुन्, तिनले पकाएर, चबाएर हाम्रो मुखभित्र छिराई दिएनन् भन्दै रोईलो गर्ने, दुत्कार्ने, धिक्कार्ने र परायाको जय जयकार गर्न खोजीखोजी बिकृत प्रायोजित साहित्यलाई साईटिंग गर्ने कथित नेपाली बौद्धिक जमात देख्दा हामी कति नालायक सन्तति हुन पुगेछौं भन्ने प्रमाणित मात्र गरिरहेको हैन र ? आफू अन्धभक्त तथा अन्धविश्वासी हुने, आफ्ना पूर्खाहरूलाई सराप्ने जमात अहिले नेपालमा बग्रेल्ती छन् । त्यस्ताले नेपाललाई अरूले भन्दा बिकृत र बर्वाद पारिरहेको महसुस हुन्छ । तिनको आँखा खोलिदिन जरूरी भएको छ । जान अन्जानमा ती समाजका बिषघोलक जस्ता बनेका छन् ।

नेपालका राजनीतिक नेताहरूमा कुनै खास विद्या, ज्ञान, पेशा, विज्ञता वा राजनीतिक सुसंस्कार र राजकाज विद्यायुक्त रहेका पाईदैनन् । ती जहिले पनि विद्यमान राजनीतिक संरचना र व्यवस्था भत्काउने सीपमा मात्र पारंगत भएर नेपालका कथित ठूला नेता बनेका मात्र हुन् । हामी नेपाली पनि आफ्ना भविष्यका लागि नयाँ नेता हैन कि, नेताको बिगतका ईतिहासका आधारमा पुरानालाई नै चुन्ने संस्कार भएकोले नेपाल चाँडै उभो लाग्ने कुनै आधार र विश्वास आजसम्म जाग्न नसकेको हो ।

अब यदि यी आधारहरूमा कुनै परिवर्तन आयो र विषय–व्यावसायमा पारंगत विज्ञ नेताहरू चुन्ने संस्कार बिकसित हुदै गयो भने नेपालले छलांग मार्न सक्ने प्रचूर संभावनाहरू भने विद्यमान छ । नेताको नश्लमा र जनताको संस्कारमा क्रान्ति जरूरी छ । मुलुकमा कुनै वाद वा राज्यसंरचना भत्काउने र पछि उही पूरानै संरचना पुनजिर्वित गरेर महान नेता बनियो भन्ने दुष्चक्रबाट मुक्ति चाहिएको छ ।

संघीय ब्यवस्थामा ७६१ सरकार बनेका छन्, दशौं हजार कार्यालय र वडा कार्यालय स्थापित भएर दैनिक दशौं हजार लिखत निर्णय हुने गर्छन् । तिनको लाजमर्दो अशुद्ध आधिकारिक सरकारी भाषाका लिखत वा सूचना वा दस्तावेज पढ्दा, देख्दा लाजशरमले शीर झुक्ने गरेको छ । ठाउँ, कार्यालय , बिभाग, मन्त्रालयका नाम समेत अशुद्ध हुन्छन् । मन्त्रालकै प्रेस बिज्ञप्ति र सूचना अन्टसन्ट भाषामा संप्रेषित हुने गर्छन् । चिट्ठीपत्रका भाषा , शुद्धाशुद्धि ब्याकरण, हुर्मत लिने खालका हुन्छन् ।

जुन सरकारले सरकारी भाषा पनि शुद्ध सफा लेख्न जान्दैन, सक्दैन, नाम शुद्ध राख्ने क्षमता राख्दैन, त्यो सरकार र पदाधिकारी पदलायक वा शासनयोग्य हुदैहुदैन । अयोग्यहरूको कब्जामा मुलुक पुगिसकेको दशीप्रमाण यही भाषाको बलात्कार हो ।

 उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

नेपालमा पैसाको हैन कार्यक्षमता र कार्यवातावरणको कमी हो

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ४ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…