Sansar News- Nepal's Fast Khabar Online News Portal

बक्सअफिसमा फ्लप दीपिकाको ‘छपाक’, हेर्नुहोस् २ हप्ताको कमाई

संसार न्यूज़
१ महिना पहिले
बक्सअफिसमा फ्लप दीपिकाको ‘छपाक’, हेर्नुहोस् २ हप्ताको कमाई

काठमाडौँ । बलिउड अभिनेत्री दीपिकालाई यो वर्षको सुरुवाती देखी नै ‘अनलक’ लाग्दै आएको छ । बलिउडमा एकदमै महंगी अभिनेत्री भनेर चिनिने पादुकोणको विवाह पछि खेलेको पहिलो फिल्म ‘छपाक’ बक्सअफिलसमा फ्लप भएको छ ।

दीपिका अभिनित उक्त चलचित्र ‘छपाक’ ओपनिङ डेदेखि नै राम्रो व्यापार गर्न नसकेको भनाइ छ । योसँगै एकसाथ प्रदर्शनमा आएको अभिनेता अजय देवगनको फिल्म ‘तानाजी’ ले भने धूम मच्चाइरहेको छ । प्रदर्शनको ६ दिनमा सय करोड कमाई गरेको उक्त फिल्मलाई दर्शकहरूले निकै रुचाएको बताइएको छ ।

इन्डियाको बक्सअफिसका अनुसार, ‘छपाक’ बक्सअफिसमा फ्लप भैसकेको छ । गएको ८ दिनमा फिल्मले सबैभन्दा कम कमाई दोस्रो शुक्रवार गरेको हो । फिल्मले दोस्रो शुक्रबार ७५ लाख कमाएको रिपोर्ट प्राप्त छ । त्यस्तै, ‘तानाजी’ को भने दोस्रो शुक्रवारको कमाई पनि उच्च नै रहेको छ । शुक्रवार फिल्मले १० करोड ६ लाखको व्यापार गरेको र अहिलेसम्म १ सय २८ करोड क्रस कलेक्सन गरेको बताइन्छ ।

‘छपाक’ ले भने प्रदर्शनको ८ दिनमा २६ करोड ५० लाखको व्यापार गरेको छ । ‘तानाजी’ र ‘छपाक’ दुवै वास्तविक घटनामा आधारित फिल्म हुन् । अजयको फिल्म तानाजी मालसुरेको वास्तविक कहानी हो भने दीपिकाको फिल्म एसिड अट्याक सरभाइभर लक्ष्मी अग्रवालको जीवनमा बनेको हो । ‘छपाक’ मेघना गुलजारले निर्देशन गरेका हुन् भने ‘तानाजी’मा ओम राउतको निर्देशन रहेको छ ।

‘छपाक’ मा दीपिकाका साथमा विक्रान्त म्यासी, मधुरजीत र अंकित बिष्टको पनि मुख्य भूमिका रहेका छ । त्यस्तै, ‘तानाजी’ मा अजयका साथमा सैफ अली खान, काजोल, शरद केलकर, नेहा शर्मा र पद्मावती रावको पनि अभिनय रहेको छ । अभिनेता अजयको ‘तानाजी’ नवौं फिल्म हो । यो फिल्मले बक्सअफिसमा २ सय करोड कमाउने अनुमान गरेको बताइएको छ ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…