Sansar News- Nepal's Fast Khabar Online News Portal

ब्लड क्यान्सर रोगले पीडित अर्जुनको याचना, सहयोगमा जुटे अष्ट्रेलियाबासी नेपाली

संसार न्यूज़
४ हप्ता पहिले
ब्लड क्यान्सर रोगले पीडित अर्जुनको याचना, सहयोगमा जुटे अष्ट्रेलियाबासी नेपाली

५ माघ, अष्ट्रेलिया । ब्लड क्यान्सरले पीडित अर्जुन तिमल्सिनाको उपचारका लागि अष्ट्रेलियावासी नेपाली जुटेका छन् ।

ब्रिसवेनको नेपाली समाजमा सक्रिय रहेका सामाजिक अभियन्ता पोखराका तिमल्सिनालाई ब्लड क्यान्सर भएपछि उनले गरेको याचनालाई सहयोग गर्न त्यहाँस्थित विभिन्न नेपाली संघ संस्था आर्थिक सहयोग संकलनका लागि जुटेका हुन् ।

पोखरा घर भई अष्ट्रेलियाको ब्रिसवेनमा श्रीमती सहित बस्दै आएका ३० वर्षीय तिमल्सिनालाई अचानक क्यान्सर देखिएपछि त्यहाँका नेपाली समाजले चिन्ता व्यक्त गर्दै सबैलाई सहयोगको अनुरोध गरेका छन् । तिमल्सिनालाई सहयोग गर्न अनुरोध गर्दे एनआरएनए ब्रिसबेनका उपाध्यक्ष उमेश खड्काले ब्रिसबेन लगायत अन्य राज्यका नेपालीलाई पनि दुःखमा हातेमालो गरिदिन अनुरोध गरेका छन् ।

त्यस्तै कास्की समाजका अध्यक्ष टिका भुर्तेलले ब्लड क्यान्सर जस्तो समस्याले पीडित रहेका तिमल्सिनाको उपचारका लागि लामो समय र खर्च धेरै लाग्ने भएकाले सबै संघसंस्था मिलेर उनको जीवन कसरी बचाउने भन्नेमा लागि परेको बताउछन् ।

क्यान्सरले पीडित तिमल्सिनाले अस्पतालको शैथ्याबाट अनुरोध गर्दै सहयोग रकम गोफन्ड एकाउन्टमार्फत् मात्र संकलन गरिदिन अनुरोध गरेका छन् ।

श्रीमतीलाई नर्सिङ पढाउनका लागि डिपेन्डेड भिसामा अष्ट्रेलिया लगेका तिमल्सिनाको क्यान्सर देखिएकै साता छोरी जन्मिएकी छन् । पढाई सकेर अष्ट्रेलियामै संघर्ष गर्न थालेका तिमल्सिनालाई यस्तो समयस्या देखिएपछि परिवार चिन्ता बढेको छ ।

श्रीमतीलाई सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएका बेला सामान्य झाडा पखाला लागेपछि रगत परीक्षण गर्दा तिमल्सिनामा क्यान्सर देखिएको बताइएको छ । अहिले किमो दिएर उपचार गराइरहेका तिमल्सिनालाई ३ महिनाभित्र बोनम्यारो प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन् । प्रत्यारोपणका लागि झण्डै ३ लाख डलर लाग्ने चिकित्सकले जनाएको पनि तिमल्सिनाका भाइ अर्जुन तिमल्सिनाले जनाएका छन् । उनी बोनम्यारो प्रत्यारोपणका लागि परीक्षण गर्न अष्ट्रेलिाय पुगेको बताइएको छ ।

एकसाता अघि मात्र तिमल्सिनालाई क्यान्सर पत्ता लागेको थियो । त्यसपश्चात एनआरएनए क्विन्सल्याण्ड, कास्की समाजका प्रतिनिधिहरुले तिमल्सिनालाई अस्पतालमै भेटेर आर्थिक सहयोग जुटाउनका लागि छलफल तथा योजना बनाएको बताइएको छ ।

उक्त योजना अनुसार क्विन्सल्याण्डमा सक्रिय रहेका नेपाली संघसंस्थाले सहयोग जुटाउन सुरु गरेका हुन् ।

आर्थिक सहयोगका लागि नेपाली संघ कुइन्सल्याण्ड, कास्की समाज अष्ट्रेलिया, नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड (एनएक्यु), कुइन्सल्याण्ड नेपलिज कम्युनिटी सेन्टर (क्युएनसिसि) र विभिन्न युवा क्लबलगायतका संस्थाहरु जुटेका हुन् ।

त्यसैगरी तिमल्सिनाको नाममा गो फन्ड मि नामक वेवसाइटबाट सहयोग संकलन सुरु गरिएको छ । उक्त फन्डमा अहिलेसम्म २१ हजार डलर संकलन भएको समेत बताइएको छ ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? २ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…