Sansar News- Nepal's Fast Khabar Online News Portal

अभिनेता पुष्प खड्काद्वारा अनाथ, असहायलाई सहयोग

संसार न्यूज़
१ महिना पहिले
अभिनेता पुष्प खड्काद्वारा अनाथ, असहायलाई सहयोग

काठमाडौँ । नेपाली फिल्म जगतका अहिलेका चकलेटी नायक पुष्प खड्काले उनको जन्मस्थान कैलालीमा रहेको ‘सहारा घर’ लाई व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।

बर्दगोरिया माघी मेलामा सहभागी हुन जाने क्रममा उनले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिँदै आएको ‘सहारा घर’ लाई ५० हजार नगद सहित केही खाद्यन्न पनि सहयोग गरेका हुन् । मेलाबाट पाएको पारिश्रमिकको केही प्रतिशत ‘सहारा घर’ लाई सहयोग गरेका पुष्पले अनाथ र असहायलाई सहयोग गर्न पाउँदा खुसी भएको बताउँछन् ।

पुष्पका अनुसार, ‘सहारा घरले अनाथ र असहायलाई संरक्षण दिँदै आएको कुरा धेरै अगाडिदेखि सुन्दै आएको थिएँ । पहिल्यैदेखि नै सहयोग गर्न मन थियो तर समय नमिलेका कारण आउन सकिन यसपटक भने यो अवसर जुट्यो भन्दै उनी खुसी व्यक्त गर्छन् ।’ अब उनको आम्दानीको केही प्रतिशत रकम समाजसेवामा पनि खर्च गर्ने बताएका छन् ।

पुष्प पछिल्लो समयका व्यस्त अभिनेतामध्ये उनी पनि एक हुन । फिल्मसँगै उनले म्यूजिक भिडियोमा पनि लगातार काम गर्दै आइरहेका छन् । ‘अझै पनि’ बाट सहायक चरित्रमा डेब्यू गरेका उनले ‘दर्पण छाँया २’ बाट लिड रोलमा ब्रेक पाएका थिए । तर, नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । यस वर्ष उनका दुई फिल्म ‘दाल भात तरकारी’ र ‘मारुनी’ प्रदर्शन भएका थिए । हालै उनले फिल्म ‘चालबाज’ को छायांकन सकेर बसेको बताएका छन् ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…