Sansar News- Nepal's Fast Khabar Online News Portal

सभामुख चयनसँगै मन्त्रीपरिषद् हेरफेरको तयारीमा ओली-प्रचण्ड

संसार न्यूज़
८ महिना पहिले
सभामुख चयनसँगै मन्त्रीपरिषद् हेरफेरको तयारीमा ओली-प्रचण्ड

राजु लामिछाने
५ माघ, काठमाडौं । सभामुख चयनको लागि बिहिवारयता छलफलमै रहेका नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीपरिषद हेरफेरबारे पनि कुरा उठेको छ । सभामुखमा सहमति नुहँदै मन्त्रीपरिषद् हेरेफेरको कुरा उठेपछि ओली प्रचण्डले प्याकेजमै सहमति गर्न खोजेको बुझ्न सकिन्छ । सभामुख चयनलाई लिएर दुबै अध्यक्षको प्रतिष्ठासँग जोडिर विषयबस्तु अगाडि बढेपछि अध्यक्षद्धय सभामुख र मन्त्रीपरिषद हेरफेर दुबैमा प्याकेजमै सहमति गर्न चाहेको स्रोतको दाबी छ ।

नेकपाले सभामुखको विषय टुङ्गो नलगाएका कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिसकेको छ । पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सरेको थियो । माघ ६ गते सोमवारका लागि संसद् अधिवेशन बोलाइएको छ । सोमवारको बैठक प्रभावित नहुने गरी सभामुख छान्न अध्यक्षद्धय आज बिहानैदेखि छलफलमा जुटेका छन् । शुक्रवारको भेटमा ओलीले नै सभामुखसँगै मन्त्रीहरु हेरफेरको पनि छुंगो लगाउन प्रस्ताव गरेका थिए ।

यी मन्त्रीको हुँदैछ विदाई
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ३ फागुन २०७४ मा गठन भएको मन्त्रीपरिषदमा ४ मंसिर २०७६ मा फेरबदल गरिएको थियो । उक्त फेरबदलमा राज्यमन्त्री सहित नौ जनाको फेरबदल भएको थियो । त्यती बेला कार्य सम्पादन संतोषजनक नभएका केही मन्त्रीहरूलाई हटाउने तयारी भएपनि उनिहरु विभिन्न कारणले जोगिएका थिए । जोगिनेहरुमा अर्थमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, खेलकुदमन्त्री जगत बहादुर सुनार र खानेपानीमन्त्री विना मगर थिए ।

कार्यसम्पादनमा कमजोर रहेका यी चार जनालाई हटाउने संभावना रहेको श्रोतको भनाई छ । समाजवादी पार्टी सत्ताबाट बाहिरिए पछि कानुन र सहरी विकास मन्त्रालय रिक्त छन् । सभामुखको निर्वाचन , पार्टी भित्र आन्तरिक सन्तुलन मिलाउन र सरकारलाई थप गतिशिल बनाउन भन्दै मन्त्रीपरिषद् हेरफेरको कुरामा प्रचण्ड सहमत भएकोले आजैको भेटमा यससम्बन्धी ठोस सहमति हुनसक्ने स्रोतको दाबी छ ।

सभामुख को ?
पूर्व माओवादीलाई नै सभामुख दिन ओली तयार भएको समाचार बाहिरिए पनि ओलीले व्यक्तिमा असहमति जनाउदै आएका छन् । पूर्वमाओवादीमा सभामुख हुन लायक नेता नभएको भन्दै ओलीले प्रचण्डले अधि सार्दै आएका अग्नी सापकोटालाई इन्कार गर्दिएका थिए । अदालतमा मुद्दा खेपिरहेको भन्दै ओलीले अर्को व्याक्ति खोज्न आग्रह गरेका थिए । प्रचण्डले सम्भावित सभामुखको रुपमा हरिवोल गजुरेललाई अगाडि सार्दा ओली मौन रहेका थिए ।

प्याकेजममै सहमतिको प्रस्ताव ल्याउनुमा ओलीको एउटा स्वर्थ रहेको बुझ्न सकिन्छ । आजको भेटमा ओलीले आकर्षक मन्त्रालय पूर्व माओवादीलाई दिने र सभामुखमा सुवास नेम्वाङलाई नै बनाउन प्रचण्डलाई प्रस्ताव गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । त्यसमा प्रचण्ड सहमत नभए ओली उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई सभामुख बनाउन पहल गर्ने तयारीमा छन् । सोहि तयारी अनुसार सभामुखले राजीनामा दिन आनाकानी गरिरहेको स्रोतको दाबी छ ।

अल्पमतमा ओली
नेकपाका दुवै अध्यक्ष सभामुखमा आ–आफ्नो अडान नछोडेकोले सचिवालयमा को बलियो छ भन्ने लेखाजोखा शुरु भएको छ । नेकपाको केन्द्रीय सचिवालयका ९ जना नेतामध्ये प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सभामुख उम्मेवार प्रचण्डले प्रस्ताव गर्न पाउनुपर्ने पक्षमा रहेका छन् ।

सभामुखको विषयमा सचिवालयमा पनि प्रचण्ड बलियो रहेको बुझेका ओलीले प्रचण्डलाई फकाउदै गलाउने रणनीति लिएको बुझ्न सकिन्छ । त्यसैले विहिबारको बैठकमा पूर्व माओवादीबाट सभामुख बनाउन लचिलो देखिएका उनी शुक्रवार व्याक्तिमा असहमत जनाउदै आइतवार प्याकेजमा सहमति खोज्ने प्रयास गरिरहेका छन् ।

प्रचण्डका अफ्ठ्यारा
पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएका प्रचण्डले अब गुठ उपगुठको कुरा गर्नु सोभनिय विषय होईन । त्यसैले पनि उनी सभामुखको विषयलाई तन्क्याउने पक्षमा थिएनन् । तर पूर्वमाओवादीका नेताहरुले निरन्तर दवाव दिएकोले प्रचण्ड सभामुख पूर्वमाओवादीले नै पाउनुपर्ने अडान कायमै राखेका थिए । त्यसो त सभामुखमा शित्तल निवासबाट पनि उपसभामुखलाई नै बनाउनुपर्ने दवाव आउन थालेपछि प्रचण्ड आफ्नो अडानबाट पछि नहट्न निष्कर्षमा पुगेका थिए । शुक्रवार ओलीसँगको भेटमै प्रचण्डले ‘शिवमाया जी कस्को आडमा राजीनामा दिन्न भनिरहनुभएको छ ?’ भन्दै ओलीसँग झर्किएका थिए ।

भोलिको संसद बैठक सार्न नहुनेमा अध्यक्षद्धय नै सहमत भएकोले आजको भेटमै सभामुख र फेरिने मन्त्रीको टुंगो लगाएर नेकपाको सचिवालयबाट पारित गरिने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…