Sansar News- Nepal's Fast Khabar Online News Portal

यसकारण आवश्यक छ, विद्यालय व्यवस्थापनमा उत्तरदायित्व, जवाफदेहियता र सहभागिता

संसार न्यूज़
१ महिना पहिले
यसकारण आवश्यक छ, विद्यालय व्यवस्थापनमा उत्तरदायित्व, जवाफदेहियता र सहभागिता

विद्यालय एउटा सार्वजनिक संस्था हो । विद्यालय व्यवस्थापनमा विभिन्न व्यक्तिहरुको संलग्नता रहन्छ । सबैको प्रतिनिधित्वले विद्यालयमा अपनत्वको भावना विकास गर्दछ । विद्यालय व्यवस्थापन कार्य सजिलो भने होइन । विद्यालय व्यवथापन कार्य सामुहिक प्रयत्नबाट सिकाइ उपलब्धि हासिल गराउने उत्तम कार्य हो ।

विद्यालय व्यवस्थापनका लागि विभिन्न पदाधिकारीहरुको व्यवस्था शिक्षा नियमावलीले गरेको छ । व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक तथा शिक्षकहरु नै विद्यालय व्यवस्थापनका सक्रिय सदस्य हुन् । यसरी सार्वजनिक संस्थामा संलग्न रही कार्यसम्पादन गर्ने व्यक्तिहरुले सार्वजनिक रुपमा संस्थाका क्रियाकलापहरु पारदर्शि हुन् भन्ने अभिप्रायले सरोकारवाला सामु जवाफ दिने कार्यलाई नै उत्तरदायित्व एवम्र जवाफदेहियता भनिन्छ ।

विद्यालय व्यवस्थापन कार्य पारदर्शि ढंगले सञ्चालन गर्नका लागि उत्तरदायित्व एवम् जवाफदेहियता अपरिहार्य तत्व हुन् । जवाफदेहिताले काम प्रतिको जिम्मेवारी बढाउँछ । कामप्रति समर्पित गराउँछ । जसले गर्दा पाठ्यक्रमले तोकेका उद्देश्य तथा सिकाइ उपलब्धि हासिल हुन गई विद्यालय व्यवस्थापन उत्कृष्ट बन्न पुग्दछ ।

उत्तरदायित्व तथा जवाफदेहिताले विद्यालय व्यवस्थापनमा निम्न पक्षहरुमा सुधार ल्याउँछ ।

क. सकृय सहभागिता बढाउने

ख. कार्यप्रति समर्पित हुने

ग.भ्रष्टाचार न्यून हुने

घ.द्वन्द्वमा कमी आउने

ङ. गुनासो सुनुवाई तथा व्यवस्थापन हुने

च. शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्ने

छ. व्यवस्थापन समिति र शिक्षक तथा कर्मचारीबीच सुमुधुर सम्बन्ध कायम हुने

ज. सामूहिक भावनाको विकास हुने

झ. विद्यालय र समुदायबीचको सम्बन्ध दरिलो बनाउने

ञ. निर्दिष्ट उद्देश्य तथा लक्ष्य समयमै पुरा हुन सहयोग पुग्ने

ट.हरेक शिक्षा तथा कर्मचारीमा जिम्मेवारी तथा कामको बाँडफाँड हुने

ठ. विद्यालयका गतिविधिमा देखिएका कमीकमजोरीको मूल्याङ्कन गरी पृष्ठपोषण आदान प्रदान हुने ।

अन्त्यमा विद्यालय व्यवस्थापनलाई चुस्त, दुरुस्त, स्वस्फूर्त रुपमा सञ्चालन हुने व्यवस्था कायम राख्दै सरोकारवाला पक्षलाई विद्यालयका कार्यमा सम्लग्न गराई विद्यालयको उन्नती गर्ने कार्यमा उत्तरदायित्व, जवाफदेहिता र सहभागिताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…