Sansar News- Nepal's Fast Khabar Online News Portal

नेकपामा पूर्वसमूह भन्ने नै छैन -प्रवक्ता श्रेष्ठ

संसार न्यूज़
१ महिना पहिले

५ माघ, पर्वत । सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी भन्ने समूह नै नभएको बताएका छन् । प्रेस सङ्गठनले कुस्माबजारमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा पूर्वसमूह भन्ने नै नरहेको बताएका हुन् ।

“पार्टीमा पूर्व समूह भन्ने नै छैन”, उनले भने, “पूर्वसमूह भन्ने विषय अब पार्टीमा इतिहास लेख्ने बेला मात्रै आउँछ ।” पार्टीमा स्थायी गुट र शिविर राख्ने कुरा गलत भएको र आफू त्यसको विपक्षमा रहेको उनले स्पष्ट पारे । “स्थायीरुपमा गुटबन्दी गर्न जरुरी छैन”, उनले भने, “म सधैँ त्यसको विपक्षमा नै छु ।”

उनले मिलेनियम कर्पोरेसन च्यालेञ्ज (एमसीसी) राष्ट्रहितमा हुने गरी पार्टीको सचिवालयले एकमतले निर्णय पारित गर्ने बताए । पार्टीका सचिवालय र स्थायी समितिका सदस्यसमेतले एमसीसीका बारेमा फरक फरक धारणा सार्वजनिक गरेका बेला प्रवक्ता श्रेष्ठले अहिले मत विभाजनको अवस्था देखिए पनि यसका बारेमा पार्टीका नेता कार्यकर्ताको समान धारणा बन्ने दृढता ब्यक्त गरे ।

“एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइन्छ”, उनले भने, “पार्टी सचिवालयले एकमतले नै पारित गरेर अघि जान्छ ।” छलफल हुनु स्वभाविकै भएपनि पार्टीको सचिवालयलाई निर्णय गर्ने अधिकार भएकाले सर्वसम्मत निर्णय भएर जाने विश्वास उनको छ । उनले कुनै पनि नेता कार्यकर्ताले एमसीसीका विषयमा तनाब लिन आवश्यक नभएको प्रष्ट पारे । उनले सरकार स्वतन्त्र परराष्ट्र नीतिका पक्षमा भएकाले राष्ट्रहितलाई हेरेर नै अघि बढ्ने बताए ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…