Sansar News- Nepal's Fast Khabar Online News Portal

कानून ब्यवसायी परिषद्को काउन्सीलरमा डा. ज्ञवालीको उम्मेदवारी

संसार न्यूज़
१ महिना पहिले
कानून ब्यवसायी परिषद्को काउन्सीलरमा डा. ज्ञवालीको उम्मेदवारी

बरिष्ठ अधिवक्ता डा. चन्द्र कान्त ज्ञवालीले नेपाल कानून ब्यवसायी परिषद्को काउन्सीलर पदमा उम्मेदवारी दिएका छन् । आगामी माघ २५ गते सातै प्रदेशमा परिषद् काउन्सीलरको निर्वाचन हुन गैरहेको छ । डा. ज्ञवालीले वाग्मती प्रदेशबाट उम्मेद्वारी दिएका हुन् ।

उम्मेद्वारी घोषणासहित उनले आफ्नो एजेण्डा पनि सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेका एजेण्डाहरु यसप्रकार रहेका छन्:

– गुणस्तरीय कानूनी शिक्षालाई अभिवृद्धि गर्न ७ वटै विश्व बिद्यालयमा उपयुक्त शैक्षिक मापदण्ड तथा नीति सिफारिसको पहल गर्न

– अन्तराष्ट्रिय मापदण्ड बमोजिम व्यवसायीक तथा व्यवहारीक शिक्षाको १ वर्षे पाठयक्रम विकास गरी उक्त विषयमा अनिवार्य जाँच पास गरी प्रमाणपत्र दिलाउन पहल गर्न

– नेपाल कानून ब्यवसायी परिषद्लाई ‘कानूनी बौद्धिक पुञ्ज’ को रुपमा राज्यवाट पहिचान दिलाउन पहल गर्न

– कानून ब्यवसायिको ब्यवसायिक क्षमता अभिबृद्धि गर्न कानुनी अनुसन्धानको लागि आवश्यक स्रोत तथा साधन प्रदान गर्न ‘अनुदान आयोग’ स्थापना गर्न

– कानून ब्यवसायीको आर्थिक सुरक्षाको लागि ‘कल्याणकारी कोष’ स्थापना गर्न

-कानूनी शिक्षाको अध्ययन, अनुसन्धान तथा अनुभव आदान प्रदान मार्फत अन्तराष्ट्रिय तहका वार काउन्सिलहरुसँग सञ्जालिकरण गर्न

-अन्तराष्टिय स्तरको बार्षिक ‘कानुन जर्नल’ प्रकाशित गर्न,
नेपाल कानून ब्यवसायी परिषद्लाई ‘कागज रहित’ कार्यालयको रुपमा विकसित गर्न

– युवा कानून ब्यवसायीहरुको क्षमता अभिबृद्धि गर्न निरन्तर विशिष्ठीकृत ब्यवसायीक तालिम दिलाउन

– नेपाल कानून ब्यवसायी परिषद्लाई अन्तराष्ट्रिय स्तरको स्रोत तथा तालिम केन्द्रकै रुपमा स्थापित गर्न गराउन

– नेपाल कानून ब्यवसायी परिषद्को अनिवार्य सिफारिसमा सर्वोच्च अदालतले सम्मान स्वरुप प्रदान गर्ने ‘वरिष्ठ अधिवक्ताको उपाधि’ प्रदान गर्ने गराउन पहल गर्न

– न्यायाधीश नियुक्ति गर्दा न्याय परिषद्ले नेपाल कानून ब्यवसायी परिषद्सँग अनिवार्य परामर्श गरी सिफारिस गर्न गराउन पहल गर्न

– नेपाल कानून ब्यवसायी परिषद्को विद्यमान ऐनलाई परिमार्जित गर्दै बृहत छाता ऐन निर्माण गर्न गराउन पहल गर्न
– नेपाल कानून ब्यवसायी परिषद्को संरचनालाई संघीय तथा समावेशीमुलक बनाउन

– कानून ब्यवसायीको आचारसंहिता तथा पोशाक अनिवार्य रुपमा लागु गर्न गराउन

– लयर्स एकेडेमीको स्थापना गर्न गराउन

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…