Sansar News- Nepal's Fast Khabar Online News Portal

एमसिसी मेरो पालामा भएको महत्वपूर्ण सम्झौता होः सभापति देउवा

संसार न्यूज़
२ महिना पहिले
एमसिसी मेरो पालामा भएको महत्वपूर्ण सम्झौता होः सभापति देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) आफ्नो कार्यकालको महत्वपूर्ण सम्झौता भएको बताएका छन् । प्रेस युनियन दाङले आइतवार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कांग्रेस एमसिसी पक्षमा रहेको पनि बताए ।

उनले एमसिसी पारित गर्ने पक्षमा कांग्रेस रहेको बताए। उनले भने, ‘एमसिसी मेरो पालमा सम्झौता भएको हो। कांग्रेस यसको पक्षमा छ।’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपालमा पहिलो पटक अमेरिकाले ठूलो राशी आर्थिक सहयोग गर्न लागेकाले यस्तो महत्वपूर्ण सहयोग कुनै पनि हालतमा रोक्न नहुने बताए।

एमसिसीको सहयोगले नेपालको विद्युत् तथा सडक निर्माणमा धेरै ठूलो सहयोग हुने उनले बताए। नेता देउवाले आफ्ना पालामा सम्झौता भए तापनि यसलाई अहिलेको सरकारले अगाडि बनाउन आफू विश्वस्त रहेको पनि बताए। सभापति देउवाले आफ्नै पालामा बुटवलमा अस्थायी प्रदेश ५ को राजधानी तोकेको बताए।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ४ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…