Sansar News- Nepal's Fast Khabar Online News Portal

गायिका राउतविरुद्ध ‘अभद्र व्यवहार’ कसुरमा पक्राउको अनुमति

संसार न्यूज़
८ महिना पहिले
गायिका राउतविरुद्ध ‘अभद्र व्यवहार’ कसुरमा पक्राउको अनुमति

३ माघ, काठमाडौँ । प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तर्गत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन शैंँजुले परिसरको माग बमोजिम आज पक्राउको अनुमति दिइएको जानकारी दिए । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउतलाई अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा अघि बढाइएको जानकारी दिँदै परिसरमा नआए पक्राउ गरेर ल्याइने बताए ।

आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको आरोप लगाउँदै गायिका राउतले प्रहरीलाई अपशब्द प्रयोग गरेको श्रव्यदृष्य सामग्री (भिडियो)ं बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान कक्षमा भएको उक्त घटनाको सिसी टिभी फुटेज शुक्रबार सार्वजनिक भएको थियो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।

सिसी टिभी फुटेजमा महिला प्रहरी रमिता श्रेष्ठले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने बताउँदै महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले राउतले नै अभद्र व्यवहार गरेको दाबी ग¥यो । बुधबार अपराह्नको त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट राउत भद्रपुर जाने क्रममा शरीर जाँचका बेला उक्त घटना भएको थियो ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…