Sansar News- Nepal's Fast Khabar Online News Portal

राष्ट्रियसभामा दुई प्रतिवेदन पेश

संसार न्यूज़
२ महिना पहिले
राष्ट्रियसभामा दुई प्रतिवेदन पेश

५ माघ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुई प्रतिवेदन पेश गरिएका छन् । प्रधानमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७५/७६’लाई सभासमक्ष गरेका थिए ।

यसैगरी विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको थियो । मन्त्री नेम्वाङले रेल्वे विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव गरे ।

गृहमन्त्री रामबहादुर थापाले ‘अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा सांसदले भाग लिनुभएन । ‘अन्तरदशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिलाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव बैठकमा सर्वसम्मतिले स्वीकृत भएको थियो ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ४ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…