Sansar News- Nepal's Fast Khabar Online News Portal

घिमीरेले जिते जापानमा हिट ४६ किक बक्सिङको टाइटल

संसार न्यूज़
१ महिना पहिले
घिमीरेले जिते जापानमा हिट ४६ किक बक्सिङको टाइटल

६ फागुन, जापान । जापानमा आयोजित हिट ४६ किक बक्सिङको टाइटल नेपाली खेलाडी अबिरल घिमीरेले हात पार्न सफल भएका छन् ।

जनवरी १९ मा जापानको टोकियोमा आयोजित उक्त खेलमा जापानी खेलाडीलाई पहिलो राउण्डमै मुक्का प्रहार गरेर ढालेपछि २१ वर्षीय घिमीरेले हिट ४६ किक बक्सिङको टाइटल हात पार्न सफल भएका हुन् ।

झण्डै ५ सय बढी जापनीज नागरिक र ५० बढी नेपालीहरुको सहभागिता रहेको उक्त खेलमा घिमीरले अहिलेसम्मकै ठूलो उपाधि हातपार्न सफल भएको बताइएको छ ।

हिमालयन चितुवाको रुपमा परिचित घिमीरे जापानको नागायोमा रहेर नेपालको प्रतिनिधित्व गर्दै व्यवसायीक खेल खेल्दै आएका छन् ।

उक्त अवसरमा खेलाडी घिमीरेले उपस्थित जापानीहरुलाई नेपाल भ्रमणवर्ष २०२० का बारेमा बताउँदै जापनीज भाषामै नेपाल घुम्न आउन भन्दै निमन्त्रणा समेत गरेका थिए ।

झण्डै चारवर्षदेखि जापानमा रहेर व्यवसायीक खेल खेलेर झण्डै १ दर्जन खेलमा जित हात पार्दै आएका घिमीरेले आइतबारको खेलको जितको उपाधि बुवा तथा प्रशिक्षक देव घिमीरे र अर्का जापानीज प्रशिक्षकमा समर्पण गर्ने बताएका थिए ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…