Sansar News- Nepal's Fast Khabar Online News Portal

जीवन सहज बनाउनका लागि यी कुरामा ध्यान दिनुहोस्

संसार न्यूज़
१ महिना पहिले
जीवन सहज बनाउनका लागि यी कुरामा ध्यान दिनुहोस्

तपाइ जब आफूलाई सम्मान गर्नुहुन्छ तब अन्य मानिसहरुले तपाइको सम्मान गर्छन भन्ने तपाइले सुन्नु भएको होला ! तर, यस्तो कुरामा तपाइले भने गम्भीरता लिनु भएको छैन् होला । हामीले धेरैपटक यो जान्दैनौं । त्यसैले आउनुहोस जानौं त्यस्ता केही कुरा जो हामीले अपनउँदा आफ्नो सम्मान हुन्छ ।

अरुको खुसीमा डाह नर्गनुहोस
जब तपाइ अरुको खुसी देख्नुहुन्छ अनि डाह गर्न थाल्नुहुन्छ । यो डाहले यो कुराले बताइरहेको हुन्छ की तपाइ आफ्नो योग्यता र कौशलताप्रति विश्वास गर्नुहुन्न । बास्तवमा ती सफल हुने मान्छेहरुबाट तपाइले प्रेरणा लिनुपर्नेहुन्छ । अनि यो सोँच्नु पर्छ, ती सफल व्यक्तिबाट तपाइले के–कस्ता ज्ञान आर्जन गर्न सक्नुहुन्छ ?

स-साना कुरामा पनि झुट नबोल्नुहोस

तपाई प्राय अरु मानिसहरुसँग झुट बोल्नुहुन्छ । तपाइ अरुको अगाडि आफ्नो बढाइ चढाइ गर्न झुटको सहारा लिनु भयो भने तपाइ आफ्नै नजरबाट तल खस्नुहुन्छ । तपाइ केबल अरुबाट सम्मान पाउनका लागि झुट बोल्नु भयो भने यो सम्झनुस तपाइ आफूलाई विस्वास गर्नुभएको छैन् ।

स-साना काममा पनि अरुको सल्लाह नलिनुस्
अरुको सल्लाह लिएर काम गर्नु धेरै राम्रो कुरा हो । तर, स-साना कुरामा पनि हामीले अरुको सल्लाहलिने बानी ग¥यौं भने यो बुझ्नुहोस तपाइमा निर्णय गर्ने क्षमता कम छ । अरुको सल्लाह धेरै लिनु भन्दा तपाई आफैंमा यस्ता कुराहरुमा निर्णय लिने क्षमताको विकास गर्नु भयो भने आफुले गरेको निर्णयसँग सफलताका शिखरहरु चुम्नु सक्नुहुनेछ ।

चिच्याउनुहोस र रुनुहोस
जव तपाई समस्यामा पर्नुहुन्छ । मनमा पीडा बोझ हुन्छ । त्यतिबेला एक्लै बसेर चिच्याउने र रुने गर्नुहोस् । यसले तपाइको मनमा रहेको सबै बोझ र पीडाहरु बाहिर निस्कन्छ अनि तपाइको मन शान्त हुन्छ ।

आफूलाई कमजोर नसोच्नुहोस
केही मानिसहरुको बानी हुन्छ, आफैले गरेको कामप्रति गर्व गर्न नजान्नु । ती मानीसहरु हरेक कुरामा आफूलाई कमजोर ठान्ने गर्छन् । मैले केही गर्न सक्तिन भन्ने सोचाइ तीब्र बढेको हुन्छ उनीहरुमा । उनीहरुलाई सधैं आफूभन्दा आफ्ना अगाडि रहेका र काम गर्नेहरु राम्रो मान्छन अनि आफुभित्र कमजोरीहरु खोज्ने गर्छन । यस्तो गरेर उनीहरु यो प्रमाणित गर्छन की आफूभित्र कमजोरी रहेको छ ।

अध्ययन गर्ने बानी बसाल्नुहोस
कहिलेकाँही मन शान्त गर्नका लागि सबैभन्दा उत्तम उपाय अध्ययन गर्नु हो । त्यसैले कुनै आफूलाई मनपर्ने किताव पढ्न सुरु गर्नुहोस । किनकी हामी आफ्नो लागि समय निकाल्न सक्तैनौं । तर, अध्ययन गर्नु धेरै राम्रो विकल्प हो । यसबाट धेरैकुरा सिक्न सकिन्छ । जीवनप्रति नयाँ र सकारात्मक सोचाइको विकास हुन सहयोग गर्छ अध्ययनले ।

अरुको सम्बन्धमा आफूभन्दा राम्रो सोच्नु
यो सबैलाई थाहा भएकै कुरा हो, जुनकुरा हामीसँग छ त्यसको हामी इज्जत गर्न जान्दैनौं । यस्ता धेरै मानिसहरु हुन्छन् । जो अरुको सम्बन्धलाई मनभरी आश गरेर उसैको भरोसा गर्छौ । तपाइलाई उनीहरुको सम्बन्ध आर्दश र आफ्नो बेकार पनि लाग्छ कहिलेकाँही । हामी जब आफ्नो सम्बन्धलाई इज्जत दिदैंनौ भने अरुको नजरमा हाम्रो सम्बन्ध कस्तो होला तपाइ आफै सोच्नुहोस !

पर्वतारहोण
मनको शान्तिका लागि सबैभन्दा राम्रो ठाउँ प्रकृतिको काख हो । मनमा छाएको अशान्ति हटाउनका लागि थोरै समय निकाल्नुहोस । आफ्नो ट्राभल्स व्याग उठाएर निस्कुनहोस् पहाडमा पर्वतारोहणका लागि ।

आफ्नो लागि समय निकाल्नुस्
तपाइ आफूलाई माया गर्नुहुन्छ, भने आफ्नो लागि समय निकाल्न जरुरी हुन्छ । केही मानिसहरु आफ्नो लागि समय निकाल्न जरुरी ठान्दैनन् । त्यसकारण जो व्यक्ति आफ्नो लागि समय निकाल्न सक्तैनन्, उनीहरु आफ्नो इज्जत गर्दैनन् भन्ने बुझ्न सकिन्छ ।

लेख्ने कोशिष गर्नुहोस
ब्लग लेख्नुहोस यात फेरि डायरीमा नै किन नहोस्, लेख्ने बानी गर्नुहोस् । यसले मन शान्त हुन्छ अनि तपाई निर्णय गर्न लायक बन्नुहुन्छ । तपाइलाई लेख्न अत्यधिक मनपर्छ भने ब्लगमा लेखेर पैसा पनि कमाउन सक्नुहुन्छ ।

 

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…