back

‘भारतीय पर्यटकको मृत्यु प्रकरणबाट सिक्नुपर्ने पाठ’

वि.सं.२०७६ माघ ८ बुधवार

123 

shares
NTC AD
Global IME AD

८ माघ, काठमाण्डौ । मंगलबार मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिर्सोटमा नेपाल घुम्न आएका भारत केरलाका ८ पर्यटकको मृत्युले यतिबेला नेपाली समाजमा बिभिन्न बहस छेडेको छ ।

मंगलबार एउटै कोठामा बेहोस् भएका उनीहरुलाई तत्कालै हेलिकप्टरमा राखेर काठमाण्डौंस्थित हेम्स अस्पतालमा उपचारका लागि ल्याइए पनि उनीहरुलाई तत्कालै मृत घोषणा गरिएको थियो ।

यसै घटनालाई लिएर पाटन उच्च अदालतका न्यायाधिश टेकनारायण कुँवरले यस घटनामा कसैको दुरासय नभए पनि सबैले सिक्नुपर्ने गम्भीर पाठ घटनाले छोडेको बताएका छन् ।

उनले भिजिट नेपालको पूर्वसन्ध्यामा यस्तो घटनाले धेरै दुखी तुल्याएको भन्दै केही सुझाव समेत दिएका छन् ।
यी हुन् सामाजिक संजालमा न्यायाधिश कुँवरले लेखेका सुझाव

१-कुनैपनि व्यवसायिक होटल वा रिसोर्टहरूले वातानुकूलित सुविधा अनिवार्य रूपमा राख्नुपर्ने मापदण्ड तुरून्त तोक्ने ।
२ -तोकिएको मापदण्ड पूरा नगर्नेलाई कानूनको दायरामा ल्याउने ।

३- भिजीट नेपालको सन्दर्भमा अझै गम्भीरताका साथ पर्यटन मन्त्रलायले त्यस्तो मापदण्ड पूरा गरे नगरेको कडाईकासाथ अनुगमन गर्ने ।

४-यस्ता घटना घट्न सक्नेतर्फ सचेतना अपनाउन संचार माध्यमबाट व्यापक रूपमा सूचना प्रवाह गर्ने ।

५ -हिजो घटेको दुःखद घटनामा सरकारको तर्फबाट गम्भीरता प्रकट गरी शोकाकूल परिवारमा समवेदना टक्र्याउने ।

६-पर्यटकहरूलाई स्तरीय सेवा उपलब्ध गराउन के के गरिनु पर्छ भन्ने बारेमा सरोकारवाला सहितको अध्ययन कार्यदल गठन गर्ने ।

७- उक्त घटित घटनाको विज्ञटोलीबाट जाँचबुझ गराउने ।

वि.सं.२०७६ माघ ८ बुधवार १०:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...