back

राष्ट्रियसभा निर्वाचनमा ९८ प्रतिशत मतदान, मतगणना ६ बजेपछि

वि.सं.२०७६ माघ ९ बिहीवार

129 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

९ माघ, काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ। रिक्त १८ पदका लागि भएको निर्वाचनमा बिहान १० बजेबाट मतदान कार्य शुरु भई अपरान्न ४ बजे सकिएको थियो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको र ९८ प्रतिशत बढी मत खसेको जानकारी दिए ।

अहिले मतपेटिका संकलन भइरहेको छ। सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिने र त्यसपछि मतगणना सुरु गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार साँझ ६ बजेसम्ममा मतगणनाको कार्य प्रारम्भ हुनेछ।

निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए। निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम भएको छ। राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ।

पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मतदान भएको हो । ५९ सदस्यीय राष्ट्रिय सभाबाट दुई वर्षमा एक तिहाई सदस्य बिदा हुँदै नयाँ थपिने गर्छन्।

वि.सं.२०७६ माघ ९ बिहीवार १७:१९ मा प्रकाशित

NABIL bank AD
कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २८ घाइते

ढोरपाटन (बागलुङ) । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ...

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट

बेइजिङ । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो...

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

उमेर पुगेपछि बिहे गर्ने जोडीलाई नगरपालिकाले रु ५० हजार दिने

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर...

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

सुन तस्करी प्रकरण : पूर्व उपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौँ । सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्व...

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलो पटक...