Sansar News- Nepal's Fast Khabar Online News Portal

आगलागीबाट १ को मृत्यु , विभिन्न धनमाल जलेर नष्ट

संसार न्यूज़
४ हप्ता पहिले
आगलागीबाट १ को मृत्यु , विभिन्न धनमाल जलेर नष्ट

१० माघ, काठमाडौं । सिरहा , ताप्लेजुङ, बर्दिया र पर्सामा छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट १ जनाको मृत्यु हुनुका साथै विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

सिरहा, कर्जन्हा नगरपालिका- ४ बस्तिपुर चोक बस्ने आशा नायकको घरमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा उनकी १६ वर्षीया छोरी चुनचुन कुमारी नायकको जलेर मृत्यु भएको छ । आगलागीबाट घाइते भएकी आशा नायकको कर्जन्हा अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।

ताप्लेजुङ, श्रीजंघा गाउँपालिका –४ तेल्लोक फुन्द्रा बस्ने खुन बहादुर थापाको घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बर्दिया, राजापुर नगरपालिका-१० करमुनी बस्ने अनिल सुनारको गोठमा बिहीबार बेलुका आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-४ पोखरीया बस्ने बिश्वनाथ महतोको घरमा बिहीबार बेलुका आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…