back

समाजवादको अभ्यास गर्दै वडा अध्यक्ष

वि.सं.२०७६ माघ १० शुक्रवार

117 

shares
NTC AD
Global IME AD

वडा कार्यालयमा पुग्दा उनी ब्यस्त थिए । मानिसहरु वडाको सिफरिस लिन लाईन लागेका थिए । उनी चाहिं यसो गर्नु उसो गर्नु भन्दै सिकाउँदै सिफरिसमा  तोक लगाउँदै थिए । केहि समय पछि सेवा ग्राहिको चाप अलिक कम भयो अनि उनीसँग कुरा गर्ने फुर्सद मिल्यो ।

झापाको हल्दिबारी गाउँपलिका वडा नं २ का वडाअध्यक्ष राजेन्द्र योङ्हाङ २०७४ सालमा भएको स्थानिय तहको चुनाव जितेदेखि नै ब्यस्त छन् । भन्छन् ‘कहिले काहिं त भात खान पनि फुर्स हुँदैन ।’ उनी तत्कालिन एकिकृत माओवादीबाट निर्वाचित वडाध्यक्ष हुन ।

अहिले उनी निम्न आयश्रोत भएका जनतालाई निशुल्क बिजुलीको मिटर उपलब्ध गराउने अभियानमा छन । २ कट्ठासम्म जमिन भएका स्थानीयको घरमा धमाधम मिटर राख्नको लागि स्थानियहरु सिफरिस लिन आउँदा उनी ब्यस्त भएका हुन् ।

वडाबासीलाई केहि समय अगाडी ५ वटासम्म बत्ति बाल्न मिल्ने सोलार बितरण गरेको उनले सुनाए । गत वर्ष उनले अपांग भएका र बृद्ध भएकाहरुलाई वडाको तर्फबाट स्वास्थ्य विमा गराईदिएका थिए । कृषि तर्फ पनि उनले पहल लिएका छन । गत बर्ष नै उनले तोरी खेती गर्नको लागि मल र बिऊमा अनुदान दिएर तोरी उत्पादन गर्ने र सो तोरी पेल्नको लागि २ वटा मिल स्थापना गरेर युवाहरुलाई स्वरोजगार बनाउने अभियान पनि ल्यएका थिए ।

अघिल्लो वर्ष मात्र गाउँपालिकाले विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा सम्बन्धीत वडाको वडाअध्यक्ष हुने नियम बनाए पछि छेवैको हल्दिबारी माबिमा उनि आफैं व्यबस्थापन समितिको अध्यक्ष छन् । यो सालबाट उनले कम्प्युटर साइन्स र बाली बिज्ञान विषयको पठनपाठन शुरु गराएका छन ।

साबिकको हल्दिबारी गाबिस हालको हल्दिबारी गाउँपालिको वडा नं २ मा एक माबि सहित ५ वटा विद्यालयहरु छन । सबैमा निशुल्क शिक्षाको ब्यवस्था गरिएको उनले सुनाए ।

अब उनको योजना न्यून आयश्रोत भएकाहरुलाई निशुल्क सौचालय निर्माण गरिदिने रहेको छ । सौचालय निर्माणको लागि बालुवा माटो र सिमेन्टद्धारा निर्मित होलो ब्लकको प्रयोग गर्ने र होलो ब्लक निर्माण गर्ने उद्योग आफैंले स्थापना गरिदिने योजना रहेको पनि उनले सुनाए । ‘उद्योग स्थापन गरे पछि यहिंका युवाले रोजगारी पाउँछन ।’  उनले भने ‘सो उद्योगबाट उत्पादन भएको होलो ब्लक हामी आफैं पनि खरिद गरेर उत्प्रेरित गछौं ।’

संस्कृतीको क्षेत्रमा पनि उनले उत्तिकै सहयोग गरेका छन । बिभिन्न किर्तन मण्डलीहरुलाई चाहिने वाध्यवाधनका सामाग्री पनि उनले वडाको तर्फबाट खरिद गरिदिएका छन् । त्यस्तै विभिन्न जतिय संघसंस्थाहरुलाई चाहिने बिभिन्न सामाग्रीहरु पनि उनले खरिद गरिदिएका छन् । कुनै कार्यक्रम आयोजना गर्नु पर्यो भने मात्र पनि १५ वटा सम्म झाँकी निकाल्ने उनको भनाई छ ।

वि.सं.२०७६ माघ १० शुक्रवार १५:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...