back

चर्चित होइन लोकप्रिय कवि

वि.सं.२०७६ माघ ११ शनिवार

597 

shares
NTC AD
Global IME AD

कबिताको बारेमा डा. हजारी प्रसाद भन्नू हुन्छ-‘कबिता मानवताको उच्चतम अनुभुतिको अभिब्यक्ति हो ।’ त्यस्तै दिनकर भन्नू हुन्छ- ‘कबिता शब्द होइन शान्ति हो ।’ तर, कवि बद्री भिखारीलाइ चै लाग्छ–“कबिता एउटा मिठो भ्रम हो ।’ यहि भ्रमको च्यादर ओढेर भिखारी चार दशकदेखि कबिता यात्रामा छन् । नेपाली कबिताको क्षेत्रमा उनी बरिष्ठ कवि हुन् तर यो भ्रम होइन ।

अग्रज कबिलाइ हेय गरे जस्तो ‘भिखारी’ भन्नू अप्ठ्यारो लागि रहे छ । हुन त यो उनको रोजाइको नाम हो । नेपाली साहित्यमा आफ्नो नामको पछाडि उपनामको फुर्काे झुण्याउनेहरु धेरै छन् । उपनाम कतिपयलाइ बाध्यता थियो भने कतिपयलाई रहर, उनको लागि भने भिखारी असफल प्रेमको निशानी हो । त्यसो त भन्छन कुनै बेला सरुभक्त भक्तलाल श्रेष्ठ थिए । जब प्रेममा असफल भए त्यस पछि उ सरुभक्त भए । बद्री भिखारी पनि कुनै बेला बद्री पसाद पोख्रेल थिए । जब प्रेममा परे र असफल भए त्यस पछि उ बद्री भिखारी भए । त्यसो त बद्री प्रसाद पोख्रल, भिखारी मात्रै भएनन् कहिले बबी शर्मा कहिले भवनाथ शर्मा त कहिले बुधन चौधरी पनि भए । यदि धेरै उपनाम राख्ने स्रष्टाहरुको शुचि बनाउने हो भने सायद उनको नाम अग्रपंक्तिमै आउछ ।

पछिल्लो समय ब्यापारी, सांसद, प्रशासक र खेलाडी सम्म लेखक भए । रक्सि खाएर बरबराउने देखि रुमानी प्रेमिहरु त कबि लेखक छदै थिए । सायद त्यसैले भनेका हुन– एक दिन कविहरु (लेखक) र अकबिहरु बिच दङगा भए अकबिहरुको सफाइ हुनेछ । तर यि भिडहरु माझ पनि प्रष्टै देखिने र चिनिने कवि हुन बद्री भिखारी ।

खराब प्रदर्शन भन्दा खाली रङ्गमन्च नै सुन्दर लाग्छ उनलाई कबितासगँ मन लाग्दि ठट्टा गरेको मन पर्दैन भन्छन, नराम्रो लेख्नु भन्दा बरु नलेखेकै राम्रो । २०५६ सालमा आफ्नो प्रथम कबिता सग्रह माड्साबको झोला प्रकाशन गरि सकेपछि उनले लेख्नै छाडि दिए । आफूभित्रको कबिलाइ सोह्र बर्ष निर्बासनमा पठाएर सजाय दिए । भिखारी कस्तो झन्का ? कति मुढ्ढि ? । यस्तो लाग्छ क्याथोडियस भन्दा कम निरकुश होइनन उनि, कसरी कबिता सगँको प्रेम देखि अलग्याउन सक्यो उनी भित्रको भाबुक कविलाई ? । के उनले लेखेका हरेक कबिताहरु सृष्टिको बराबर आयु भएर जन्मिनुरबाचि दिनु पर्ने ? “माडसाबको झोला“ भित्रै थियो छ्या काठमाडौ ,दुःख सम्झिएर, साच्चै तपाईंको छोरा भेट्नु भो ? र गाउँ खाने कबिता जस्तो ससक्त कबिताहरु पनि

जो सधै सधै आयतित साबुनले नुवाउ छन
अझ थप अत्तर तेल लगाउछन
र पनि महिनौ ननुवाउने भन्दा उग्र गनाउछन
लु भन त प्यारा प्यारा भाइबहिनीहरु
ती को हुन ?

ती को हुन जसको आगमनमा
ट्राफिक पुलिस हराउछन
सामान्य नागरिकहरु राजमार्गमा हिड्न डराउछन
ती जो सधै गाडी अन्यन्त्रित कुदाउछन
पालैपालो उठेर भन त
प्यारा प्यारा भाइबहिनिहरु
ती को हुन ?
(गाउँ खाने कबिता,माडसाबको झोलाबाट)

अर्को कबिताङ्श पनि उनको पुरानो सग्रहबाट हेरौ ः

हिजोअस्ति तपाईं
छोरा हराएको कुरा गर्नु हुन्थ्यो आखा भरि आसु पारेर
अरुको मर्द छोराहरुको पाखुरी टुलुटुलु हेरेर
बिलौना मिश्रत बिद्रोहि अनुहार देखाउनु हुन्थ्यो
… …… …. …..
अब त धेरै दिन भैसक्यो
साच्चि तपाईंको छोरा भेट्नु भो ?
(साच्चि तपाईंको छोरा भेट्नु भो, माडसाबको झोलाबाट)

२०४२÷०४३ सालमा उनले लेखेको यो कबिताको सान्दर्भिकता झन बढ्दो छ । यो कबिताको जन्म पछि जनयुद्धको नाममा देशका हजारौं छोराहरु ( छोरिहरु) हराए । अझै सम्म पनि बुवाहरु र आमाहरु आखाभरी आसु पार्दै आफ्ना हराएका सन्तानहरु खोजिरहेका छन् । बडो हृदयलाई स्पर्श गर्ने भाबुक कबिता छ यो ।

एउटा कविले जीबनमा दुई वा तीनवटा मात्रै हो खास कबिता लेख्ने भनेको अरु त बस् कबिताहरुमा कबिताको खोजि गर्ने मात्रै हो । बद्री भिखारीले आफ्ना दुईवटा कबिता सग्रह मार्फत नेपाली साहित्यलाई ती कबिताहरु दिई सकेका छन् ।

उनको कुरालाई पत्याइ दिने हो भने सोह्र बर्ष सम्म उनी कार्यक्रमहरुमा मात्रै नहिनेका रे तर कबिताबाट टाडा भइन भन्छन्–मैले कागजमा नलेखे पनि रिदय भरि कबिता लेखी रहे । ओहो ! कसो धन्न बिस्मृतिमा गएनन रिदयमा कोरिएका कबिताहरु, तिनै भाग्यमानी कबिताहरुको एकमुष्ठ सङ्गालो हो ‘समुन्द्र साउती’ । धन्यवाद छ अग्रज कवि स्वा : कृष्णभुषण बल प्रति जसको उत्प्रेरणा र आशिर्बादले पुन : बद्री भिखारी कबिताको मैदानमा फर्किए ।

म नास्तिक पनि होइन आस्तिक पनि होइन । पाप पुन्यको हिसाब पनि लाउन जान्दिन । तर यति जान्दछु बद्री दाइ तपाईंले पुनः लेख्नु थाल्नु नभएको भए ऐना, नागरिकता, भानुभक्त, तिम्रो हेडक्वाटरमा पुगेर, छोराको गृहकार्य जस्ता कबिताको चै पाप लाग्थ्यो तपाईंलाइ ।

तपाई हिड्नु हुन्छ जो पिच हामीले बनाएको हो
तपाईंको नानी पढ्नु हुन्छ जो स्कुल हामीले बनाएको हो
तपाईंको मिसेसलाइ हस्पताल पुर्याउने एम्बुलेन्स
हामीले दिएको हो
तपाईंको भलो चाहाने पुरानो दोस्त हु
प्लिज मेरो मान्छेको नागरिकता दिनुस् ।

मामुली एउटा कागज न हो
कागज हामी दिन्छु
मसि हामी दिन्छु
सिर्फ मेरो मान्छेको नागरिकता दिनुस् ।
(नागरिकता, समुन्द्र साउतीबाट)

हुन त समुन्द्र साउती बजारमा आइ सकेपछि सामुन्द्र साउतिमा बालुन र सङ्गिनिको लय पनि खोजे खोज्नेले, कतिले बिचारको धार बोधो र कलाको लेपन बाक्लो पाए भने कतिले कृति भित्रका कबिताहरु मन्त्र जस्तै गुनगुनाइ हिडेको पनि पाइयो । सायद त्यसैले भनेका हुन् कवि काब्य रच्छ तर स्वाद पण्डित जान्दछ । रिदयको तिब्र अनुभुतिद्वारा लेखिएका बद्री दाइका कबिताहरुले रिदय मात्रै छुदैन । समाजसँग मजबुत भएर अन्तरत्रिया गर्ने सामर्थ्य पनि राख्द छ ।

उनको पछिल्लो कृति सार्वजनिक भए पछि उनलाई कतिपयले फरक फरक कित्तामा राखेर हेरे पनि, समुन्द्र साउतिको गाताङ्ममा भएको :

घाम रोप्छु भनेर सखारै
घरबाट हिडेको उ
साझ छिप्पि सके पछि
खुर्पे जुन बोकेर
पो फर्कियो

कबिता पढे पछि उनलाई कतिले काङ्ग्रेस भने कतिले एमाले, पुर्बका एक कबिले मलाई सोधेका थिए
-बद्री भिखारी काङ्ग्रेस हो कि क्या हो ?
कसरी
जुनको आफ्नै प्रकाश हुदैन नि त, अनि यो कबितामा….?

त्यस्तै यहि कबिता पढेर उनलाई काठमाडौमा एक कबिले सोधे छन
-दाजु तपाईं माओवादि हो ?
-होइन
– उसो भए एमाले चै हो ?
– … … …?
– अनि यो कबितामा खुर्पे जुन भन्नू भएको छ र नि !

हुन त पाठकलाइ आ-आफ्नो चेतना अनुसार कबिताको ब्याख्या गर्ने छुट हुन्छ तर यति भनौ यो कबिता आफ्नो आस्थाको राजनीतिक दल यो हो है चिनाउन भनेर लेखिएको कबिता भने होइन । हुन सक्ला एक ठाउमा आफ्नो आस्था त्यो छुट्टै कुरा हो । बद्री भिखारी राजनीतिक दलको घोषणापत्र र बिचार तोडमोड गरेर कबिता लेखि टोपल्ने अकवि होइनन । उनले प्रष्ट भनेका छन मलाई नाङ्गो कबिता मन पर्दैन ।

बद्री भिखारी उसो त कबिता मात्रै लेख्दैनन । पुर्बान्चलमा रहेर अक्षर घोटेर अक्षरहरुमै आफ्नो जीवन हेर्न चाहानेहरुको लागि अभिभाबकत्व प्रदान गर्दै उत्साह र आशिर्बाद पनि बाड्छन् । लाग्छ यो पनि बद्री दाजुको कबिता लेख्ने भिन्दै पारा हो । भलै बद्री भिखारी चर्चित कवि नहोला तर लोकप्रिय कवि चै अबश्य हो। चर्चा आज छ भोलि नहुन पनि सक्छ । त्यसैले हामीलाई चर्चित होइन लोकप्रिय कवि बद्री भिखारी मन पर्छ ।

वि.सं.२०७६ माघ ११ शनिवार १०:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...

कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

भूपाल अधिकारी, बिराटनगर सही सोच राखौँ न उल्टाहरूले , सधैँ...