उनि म तिर बढिरहेकी थिइन, कति कोशिस गरें तर अंह छर्लङ्गै अनुहार ठम्याउन सकिन मैले । दाँया हातमा सुनौला घडी बाँया हातमा हाते ब्यागले घरि घरि छेकिदै देखिन्थ्यो राता पहेला मिलाइएका चुरा ।
गुलाबी रंगको सुनौला लाइन भएको सारीमा कुनै बडा घरानियाकी राजकुमारी जस्तै लाग्ने उनि मेरो नजिकै आएर बर्बराउदै मलाइ गम्लङ्ग अगालो हालिन् ‘मेरो छोरा, मेरो बाबु, कहाँ थियौ, कति खोजे मैले कति तडपियें’
म दङ्ग थिएँ अहा साच्चै मैले आमा पाएको छु्र धेरै वर्षमा मेरी आमा भेटाएको छु्र आत्म बिभोर छु आमाको अगालोमा कसिन पाउँदा अब खुला-आकाशले मलाइ यतिकै चियाउँन पाउने छैन, फाटेका बादलबाट वर्षिने पानीले अब डस्न सक्ने छैन मलाइ, अब मेरो जीवनमा आमा सुरक्षा छ्र संसारका सबै सुरक्षा भन्दा पनि बलियो आमाको सुरक्षा ।
अचानक एक शिकारी आयो र मेरी आमाको काखबाट मलाइ लछार्दै तान्यो । मेरी आमा अझ कसिलो गरेर ममता भित्र लुकाउदै हुनुहुन्थ्यो तर शिकारीलाइ त्यो ममताको अर्थ के थाहा अंह ममताले पगालेन शिकारीलाइ । म चिच्याउन रुन लांगे अंह तै पनि छोएन उसलाई्र आफ्नो दानवी प्रवृतिबाट अलिकति पनि तल झरेन ऊ ।
म निकै थकित थिएँ अब, म एक सानो बालक प्रतिकार गर्ने कुनै आँट थिएन मैले अब आफैलाइ बलिस्ट भुसतिघ्रेको हातमा झुन्डिएको पाँए जब मेरा आँखा खुले । म घिसारिदै थिंए सडक छेउ रात बिताएको फलस्वरूप म दण्डित हुदै थिएँ ।
त्यहा मेरी आमा देख्न सकिन मैले दूर-दूर सम्म नियाले अंह मेरी आमा कतै थिइनन् ।
मलाइ अझै कठिन भयो बुझ्नका लागि, जसका काखमा मैले मेरो बचपन गुजारेको छु लातारेको छु के तिनी मेरी आमा हुन् ? के उनि संग सन्तान ममता मेरा लागि पनि छ ? यदि छ भने किन दाबि गरि रहेका छन् सडकका पेटीहरु पनि कुनै ब्यापारी अनि बलिस्ट हरुले आफ्नो भन्दै ? कहाँ छिन मेरी आमा अनि कहाँ छ आमाको ममता मेरा लागि एक सडक बालकका लागि ?
२०७६\१०\०९ सायम ९ : ३२ काठमाडौँ
वि.सं.२०७६ माघ ११ शनिवार १०:५७ मा प्रकाशित