back

एमसिसि विरुद्धको आन्दोलन चर्कदै, माघ २४ गते देशब्यापि प्रदर्शन

वि.सं.२०७६ माघ १२ आइतवार

333 

shares
NTC AD
Global IME AD

१२ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायण शर्मा नेतृत्वमा बनेको एमसीसी खारेज अभियानले एमसीसी बिरुद्धको आन्दोलन चर्काउदै लगेपछि साना दलहरुले पनि देशब्यापि प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

शनिवार काठमाण्डौ स्थित माईतिघर मण्डलामा एम सि सि खारेजीको माग राखी बिभिन्न राजनीतिक पार्र्टी तथा सङ्घ संस्थाहरुको सहभागिता सहित एमसिसि खारेज अभियान २०७६ को मूल आयोजनामा आयोजित विरोध सभा भब्य रुपमा सम्पन्न भएको छ ।

नारायण शर्माको विशेष मन्तब्य सहित अध्यक्षता र आर सी न्यौपानेको संचालनमा सम्पन्न उक्त सभामा सिपी मैनाली, घनश्याम शर्मा पौडेल, लोक कृष्ण भट्टराई, बोर्ण बहादुर कार्कीर्, साध्य बहादुर भण्डारी, नरेन्द्रजङ्ग पिटर, हरिकृष्ण गजुरेल, एकराज भण्डारी, भरत शाही, भावना विद्रोही, अशोक महर्जनले एम सि सि तथा राष्ट्रियताका विषयमा मन्तब्य राखेका थिए भने राष्ट्रियताले ओतप्रोत भएका गीत प्रश्तुत हुनुका साथै शोभाद्धारा कविता बाचन समेत भएको थियो । सो विरोध सभामा स्वनाम साथी लगायत विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको साथै आम जनताको राम्रो उपस्थिति रहेको थियो ।

शनिवार नै नेकपा क्रान्तिकारी माओवादी लगायत नौ दलले देशव्यापी रुपमा राष्ट्रिय स्वाधीनताको संघर्ष चर्काउने सहमति गरेका छन । राष्ट्रिय स्वाधीनताको मुद्दामा कार्यगत एकताको घोषणा गर्दै नौ दलले आगामी माघ २४ गते काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने घोषणा गरेका छन । यी कार्यक्रम पश्चात संयुक्त बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने समेत जनाइएको छ । बैठकले कार्यगत एकतासम्बन्धी आचार संहिता समेत बनाएको जनाइएको छ ।

शनिबार नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय र कार्यक्रम सार्वजनिक गर्न जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा सो उल्लेख गरिएको छ । वक्तव्यमा घोषित सङ्घर्षका कार्यक्रमहरूलाई सफल पार्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त तथा जनतान्त्रिक जनसमुदायहरूलाइ हार्दिक अपील समेत गरिएको छ ।

यस्तो छ संयुक्त प्रेस वक्तव्य

१- भारतद्वारा नेपालको लिम्पियाधुरा, कालापनी, लिपुलेक क्षेत्र समेतको भूमि अतिक्रमण भएको र अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताका विरुद्ध सङ्घर्ष भइरहेको स्थितिमा उक्त सङ्घर्षका कार्यक्रमहरूलाई व्यापक र सशक्त बनाउन २०७६ माघ ११ गते तपशीलमा उल्लेखित राजनीतिक दलहरूको बैठक नेकपा मसालका महामन्त्री का। मोहनविक्रम सिंहको अध्यक्षतामा बस्यो । यो बैठकले गरेका निर्णय र कार्यक्रम सार्वजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ । घोषित सङ्घर्षका कार्यक्रमहरूलाई सफल पार्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त तथा जनतान्त्रिक जनसमुदायहरूलाई हामी हार्दिक अपील गर्दछौँ ।

२- नेपाल-भारत सीमा क्षेत्रमा भारतले कैयौँ ठाउँहरूमा नेपाली भूमि अतिक्रमण गरेको छ । पछिल्लो समयमा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको क्षेत्र भारतले आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा जारी गरेको छ । त्यसका विरुद्ध देशका सबै राजनीतिक शक्ति, सङ्घ–संस्था र जनसमुदाय समेतले राष्ट्रिय एकता प्रदर्शन गरी उक्त अतिक्रमित भूमि फिर्ता गर्न सरकारलाई आह्वान गरे । तर, सरकारले उक्त भूमि फिर्ता गराउन प्रभावकारी कदम चालेन र अतिक्रमित भूमिलाई समावेश गरी नेपालको नक्सा जारी गर्न समेत सकेको छैन । उक्त अतिक्रमित भूमि फिर्ता गराउनका लागि व्यापक र सशक्त सङ्घर्ष गर्न हामी सहमत भएका छौँ ।

३-अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त रणनीतिको अङ्गको रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेश एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध छ । उक्त सम्झौतालाई खारेज गर्न सरकारसँग माग गर्दछौँ । उक्त सम्झौतालाई संसदबाट अनुमोदन नगर्न आह्वान गर्दछौँ । सबै देशभक्त जनसमुदायहरूलाई उक्त एमसीसी सम्झौताको विरुद्ध राष्ट्रिय एकताको लागि सङ्घर्ष गर्न आह्वान गर्दछौँ ।

४- सङ्घर्षको कार्यक्रम : आगामी माघ २४ गते हरेक प्रदेशका- काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय भएको छ । यी कार्यक्रम पश्चात संयुक्त बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने छ ।

५ -बैठकले यो कार्यगत एकतासम्बन्धी आचार संहिता पनि निर्माण गरेको छ ।

सम्बद्ध राजनीतिक दलहरू
१-मोहनविक्रम सिंह, महामन्त्री, नेकपा मसाल

२- मोहन बैद्य किरण, महासचिव, नेकपा क्रान्तिकारी–माओवादी

३- सीपी मैनाली, महासचिव, नेकपा माले

४- चित्रबहादुर केसी अध्यक्ष, राष्ट्रिय जनमोर्चा

५ -सीपी गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा

६ -ऋषि कट्टेल, अध्यक्ष, नेकपा

७ -गोपाल किराती, अध्यक्ष, नेकपा माओवादी केन्द्र

८ -सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल

९- महेन्द्र शर्मा, सहसंयोजक, राष्ट्रिय जागरण परिषद्

स्मरण रहोस, नेकपाका केहि वरीष्ठ नेताहरुले यस सम्बन्धि धारणा परीवर्तन गर्न थालेका छन भने देव गुरुग, भीम रावल, लीलामणी पोखरेल लगायतका नेताहरुले एमसीसी पास हुन नदिने अडान राखीरहेका छन ।

वि.सं.२०७६ माघ १२ आइतवार ०८:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...