back

टर्की भूकम्पमा मर्नेको संख्या ३१ पुग्यो

वि.सं.२०७६ माघ १२ आइतवार

267 

shares
NTC AD
Global IME AD

१२ माघ , टर्की । टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको उद्धारकर्मीहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो शहर सिभरिसमा रहेको थियो । तर भूकम्पको धक्का छिमेकी शहरहरुमा पनि महशुस गरिएको थियो ।

टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकाय (आफाड) ले ३१ जनाको मृत्यु भइसकेको पुष्टी गरेको छ । भूकम्पबाट करिब एक हजार ६०७ जना घाइते भएका छन् ।

उद्धारकर्मीहरु शनिबार र आइतबार दिनरात मानिसहरुको जीवितै उद्धारमा खटिएका थिए । आफाडका अनुसार पछिल्लो पटक ४५ जनालाई उद्धार गरिएको छ ।भूकम्पबाट करिब ८० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ६४५ वटा घरमा ठूलै नोक्सानी भएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले भूकम्प पीडितको उद्धार र पुनस्र्थापनाका लागि सरकारले तत्काल कदम चाल्ने बताउनुभएको छ । उनी शनिबार एलाजिगमा आयोजित भूकम्पबाट मृत्यु भएका एक परिवारको दाहसंस्कार कार्यक्रममा सहभागी भएका थिए ।

वि.सं.२०७६ माघ १२ आइतवार १४:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

काप्री (इटाली) । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका...

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

ओटावा । क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...