back

विशेष अधिबेशन मागगर्नु औचित्यहिन र हास्यास्पद-अध्यक्ष कुमार पन्त

वि.सं.२०७६ माघ १२ आइतवार

141 

shares
NTC AD
Global IME AD

१२ माघ, काठमाण्डौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विशेष अधिबेशन मागको कुनै औचित्य नभएको र हास्यास्पद भएको बताएका छन् ।

संघको विश्व सम्मेलन सकिएको केहि महिनामै संघका पूर्वउपाध्यक्ष कुल आचार्य, सचिव जानकी गुरुङलगायतले संघको आर्थिक तथा सांगठनिक प्रतिवेदन पास नभएको भन्दै विशेष अधिबेशनको माग गरेका थिए ।
सोहि मागलाई लिएर संसारभरी यस विषयमा बिभिन्न कोणबाट टिप्पणी भइरहेका बेला पन्तले एक भिडियो मार्फत् विशेष अधिबेशन गर्ने निर्णय भइसकेको कुरालाई फेरि माग गर्नु औचित्यहिन र हास्यास्पद भएको बताएका हुन् ।

उनले विश्व सम्मेलन र अन्तराष्ट्रिय महाधिवेशनका क्रममा संघको सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास हुन नसकेको स्वीकार्दै पोखरामा हालै सम्पन्न नयाँ कार्यसमितिको प्रत्यक्ष बैठकले विशेष अधिबेशन गर्ने निर्णय गरेको र त्यसको तयारी समेत भइरहेको बताएका छन् । उनले अधिबेशन कहाँ र कहिले गर्ने भन्ने बारेमा केहि दिनमै घोषणा गर्ने समेत बताएका छन् ।

‘केही साथीहरुले विशेष अधिबेशनको माग गरेको पाए । अन्तराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले नै निर्णय गरिसकेको कुरालाई फेरि विशेष अधिबेशनको मागमा मैले कुनै औचित्यता देख्दिन । निर्णय गरिसकेको कुरा आफैमा हास्यास्पद छ ।’

अध्यक्ष पन्तले गैरआवासीय नेपाली संघको लामो अनुभवले निर्वाचनका पद्धतिहरु तथा सांगठनिक संरचनामा पनि केही फेरवदल गर्नुपर्ने महसुस गरेको बताउँदै यी कुराहरुलाई विशेष अधिबेशनमा पनि लिएर जाने समेत बताए ।

आर्थिक तथा सांगठनिक प्रतिवेदन लगायत निर्वाचन पद्धति, सांगठिनक संरचनाहरुमा गर्नुपर्ने केही फेरबदल इत्यादिका लागि विशेष महाधिबेशनमा सहभागी भएर छलफलमा सहभागी भएर सहयोग गरिदिन पनि अध्यक्ष पन्तले संसारभरीका गैरआवासीय नेपालीहरुलाई अनुरोध गरेका छन् ।

कुल आचार्यद्धारा एनआरएनएको विशेष अधिबेशनको माग

वि.सं.२०७६ माघ १२ आइतवार १७:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...