Sansar News- Nepal's Fast Khabar Online News Portal

धान खरिद बन्द गरेपछि किसान निराश

संसार न्यूज़
४ हप्ता पहिले
धान खरिद बन्द गरेपछि किसान निराश

१३ माघ,वीरगन्ज । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न बन्द गरेपछि किसान निराश भएका छन् ।

कार्यालयले एक सूचना प्रकाशित गरी माघ १० गतेदेखि धान खरिद गर्न बन्द गरेपछि धान बेच्न आउने किसान निराश भई घर फर्किन बाध्य भएका हुन् ।

एकाबिहानै ट्र्याक्टरमा धान लिएर वीरगञ्जको मुर्लीस्थित कम्पनीको शाखा कार्यालयमा पुग्दा धान खरिद गर्न बन्द गरेको थाहापाएपछि निराश भई घर फर्केका वीरगञ्ज महानगरपालिका–२४ रामगढवा किसान विजय पण्डितले भने, “कार्यालयले एकाएक धान खरिद गर्न बन्द गरेपछि हामीले सस्तो दरमा निजीस्तरका गल्ला व्यापारीलाई बेच्नुपर्ने बाध्यता आइपुगेको छ ।”

अचानक सो सूचना प्रकाशित गरी धान खरिद स्थगित गरे पनि अहिले पनि सो कार्यालयमा दैनिक तीनदेखि ६ सय क्विन्टल धान बिक्री गर्न किसान आउने गरेको छ । तर धान खरिदको काम बन्द भएपछि किसान निराश भई घर फर्किन बाध्य भएको सो कार्यालयका वरिष्ठ सहायक मुनिलाल कुशवाहाले बताए ।

जिरा मन्सुली पाँच हजार क्विन्टल तथा सोना मन्सुली २० हजार क्विन्टल गरी कूल २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकामा कार्यालयले जिरा मन्सुली ३२ क्विन्टल २५० केजी तथा सोना मन्सुली १९ हजार ९९९ क्विन्टल २० केजी खरिद गरिसकेको छ ।

निजी गल्ला व्यापारीले जीरा मसिनो धानप्रति क्विन्टल तीन हजार २० रुपैयाँमा खरिद गर्ने गरेको छ भने कार्यालयले सो धान प्रतिक्विन्टल तीन हजार एक सयमा खरिद गर्ने गरेको छ । रासस

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…