Sansar News- Nepal's Fast Khabar Online News Portal

वामदेवलाई बचाऊ

संसार न्यूज़
४ महिना पहिले
वामदेवलाई बचाऊ

आफ्नो सामथ्र्यबारे आफ्नोआँकलनको साइज धेरथोर मिल्दा दुःखको साइज पनि धेरथोर सह्य हुन्छ । जब साइज मिल्दैन, गडबडी शुरु हुन्छ । वामदेव यही गडबडीको शिकार भएका छन् । उनी हुन् खसोखास तीघ्रा, म टाउको हुँ भन्ने उनलाई भयानक भ्रम छ । यो भ्रम दुःखको त्यस्तो आहाल हो, जहाँ वामदेव अहिले कुप मुकुण्डोझैँ डुबुल्की मारिरहेका छन् ।

यता अमेरिका आउँदा मेरो मनमा यस्तो लहडी भाव थियो । भ्रष्ट राजनीति र पतीत नेताबारे अलि दिन म कालत्र बोल्दिनँ । भीडभाड र कोलाहलदेखि म टाढा बस्छु । नाति–नातिनासँग हाँसखेल गर्दै हल्का मूडमा म समय बिताउँछु । म स्वास्थ्य सुधार्छु । मन हलुङ्गो पार्छु । तर वामदेव गौतमका आँसुले मलाई पगाल्यो । र, मैले नबोली धरै पाइनँ ।

जब वामदेव गौतमको याद आउँछ, मेरो अन्तरमा हाँसोको भुल्को उठ्छ । किन ? कारण बडो चाखलाग्दो छ । रोचक र मनोविनोदी । यथार्थपरक र हाँस्यास्पद् । कुनै बेला वामदेवबारे मैले लेखेरै भनेको थिएँ— वामदेव टाउको होइन, तीघ्रा हुन् । निज हजुरको योग्यता टाउकामा होइन, तीघ्रामा छ । निज ख्वामित्को शान र शोभा टाउकामा होइन, तीघ्रामा छ । अर्थात् सजिलो भाषामा वामदेव माने तीघ्रा, तीघ्रा र फेरि पनि तीघ्रा हो । यो वामदेवलाई होच्याउन भनिएको किमार्थ होइन । वामदेवमा जे छ, त्यो भनिएको हो । र निजमा जे छैन, त्यो छ भन्ने भ्रमबाट निजलाई मुक्त गर्ने मनसुवाले भनिएको हो ।

हो, वामदेव गौतम खसोखास तीघ्रा हुन् । यसका दह्रा प्रमाण तीनवटा छन् । झण्डै ढाई दशकअघिको कुरा हो । एमाले र कांग्रेसमा सत्ताको लुछाचुँडी चल्दै थियो । सत्ता टिकाउन र स्वाद लिइरहन एमालेले वीभत्स नाटक गर्यो । जसरी हुन्छ उसलाई आफ्नो मत जोगाउनु थियो । उसको मतलाई किन्न कांग्रेस हातमा नोटका बिटा बोकेर चौबाटोमा खडा थियो । वामदेव एमालेका मत जोगाउने कमाण्डोमा भर्ती भए । उनले आफ्नो पक्षका मतहरूलाई लोभ्याउँदै र चटाउँदै समिट होटलमा लगेर प्याकिस गरे । अनि नभागून् र नहराऊन् भनेर अलमल्याउन उनले तिनलाई सुरा–सुन्दरी टक्रयाएँ । यो भयो तीघ्राको पहिलो पराक्रम ।

ओली, नेपाल र खनालले महाकाली नदी दिल्लीका चरणमा सुम्पुवा गरे । बाहुबली वामदेवलाई त्यो मन परेन । उनलाई मौकामा मौसमी राष्ट्रवादी बन्न रहर लाग्यो । र, शुरु गरे सोही अनुसारको चटकी अभिनय । उनीसमेतको कमाण्डमा एमालेलाई भत्काएर माले बनाउने नौटङ्की रचियो । वामदेव बाक्लो जीब्रो र ठूलो स्वरले ओली–नेपाल–खनाललाई राष्ट्रघाती भन्थे । पछि आफ्नो वरिपरिका कमरेडहरूलाई थाहै नदिई उनै राष्ट्रघातीका चरण चुम्न उनी एमालेमा सुटुक्क फर्किए । यो भयो तीघ्राको दोस्रो पराक्रम ।

सिंहदरबारका दादाहरू गोप्य खोपीमा लुकेर ‘आफ्नो’ संविधान लेख्दै थिए । असहमत मधेश आन्दोलनमा थियो । गृहमन्त्रीको बन्दुकधारी आसनमा वामदेव थिए । वामदेवको नृशंश कमाण्डमा मधेशमा लगभग साठीजना आन्दोलनकारी मारिए । रक्तरञ्जित मधेशको चीत्कार सुन्दा मलाई हरपल लागिरह्यो— गृहमन्त्रीको कुर्सीमा तीघ्र्राको सट्टा टाउको भएको भए के फरक पर्दो हो ? शायद धेरै फरक पथ्र्यो । शायद मारिनेको संख्या धेरै कम हुन्थ्यो । तर के लाग्छ, तीघ्राले आफ्नो योग्यता र चरित्र प्रदर्शन गरेरै छाड्यो । यो भयो तीघ्राको तेस्रो पराक्रम ।
तीघ्राका धनी वामदेव गौतम दुःखी जीव हुन् । उनको दुःखको मुहान उनीभित्रै छ । उनको दुःख आफ्नो दुःखको मुहान नदेख्नुमा छ । अथवा उनको दुःख मुहान देखेर पनि महसुस नगर्नुमा छ ।

यो समस्या वामदेवको मात्र होइन, आम मानिसको हो । म जान्ने, म ठूलो, मै राम्रो ! यो हो आम मान्छे मूलाको दुःखको एक कारण । साइज मिलाएर म जान्ने, म ठूलो, मै राम्रो भनियो भने मानिसलाई उति ठूलो दुःख हुँदैन । आफ्नो सामथ्र्यबारे आफ्नोआँकलनको साइज धेरथोर मिल्दा दुःखको साइज पनि धेरथोर सह्य हुन्छ । जब साइज मिल्दैन, गडबडी शुरु हुन्छ । वामदेव यही गडबडीको शिकार भएका छन् । उनी हुन् खसोखास तीघ्रा, म टाउको हुँ भन्ने उनलाई भयानक भ्रम छ । यो भ्रम दुःखको त्यस्तो आहाल हो, जहाँ वामदेव अहिले कुप मुकुण्डोझैँ डुबुल्की मारिरहेका छन् ।

अबलाई कुरो खोलेरै कुरो गरुँ । जिन्दगीमा वामदेव गौतमको एउटा जरुवा धोको छ । एउटा जब्बर घिडघिडो । एउटा अतुप्त तृष्णा । यो धोको, घिडघिडो र तृष्णाको तापले जलेर वामदेव पलपल खरानी भइरहेका छन् । जिउँदोजस्तो देखिनु र जिउँदै पोलिँदै, खरानी हुँदै जानु जिन्दगीको डरलाग्दो विडम्बना हो । वामदेव विडम्बनाग्रस्त छन् । थेगोसरी वामदेव भन्छन्— म प्रधानमन्त्री हुनुपरो । म प्रधानमन्त्री नभई भएन । म प्रधानमन्त्री भए के हुन्छ ? समृद्धिले फड्को मार्छ, विकासले पखेटा चाल्छ, र सुख छेलोखेलो हुन्छ । प्रधानमन्त्री भए म समृद्धि, विकास र सुखमा एक वर्षमा अल्छे भारतलाई उछिन्छु, दश वर्षमा जाँगरिलो चीनलाई पछि पार्छु । र, बल्ल संसारले वामदेवलाई चिन्छ । वामदेव माने गीतकार, वामदेव माने चमत्कार !

वामदेव ठान्दा हुन्— म प्रधानमन्त्री हुन पाए बोको ब्याउँथ्यो, ढुङ्गामा दुबो उम्रिन्थ्यो, बगरमा जलको मूल फुट्थ्यो, शून्य आकाशमा धान फल्थ्यो, र रातैभरि घाम लाग्थ्यो । बरा तीघ्रको दुःख यहीँ छ । जब मूसाले आफूलाई हात्ती आँकलन गर्छ तब आफ्नो वास्तविक साइज र आँकलनबीच ¥याङठ्याङ मिल्दैन । जब ¥याङठ्याङ मिल्दैन तब जिन्दगीमा डोठ्याङ पर्छ ।

आफ्नो अतिरञ्जित आँकलन, आत्ममुग्धता र ‘राम्रो म’ को महारोगले वामदेव गौतमलाई लाने भो । लौ न कोही उपकारी अघि सरोस् र वामदेवलाई ओडाकै भए पनि प्रधानमन्त्री बनाइदेओस् । सिंहदरबारको प्रधानमन्त्री केही हो भने ओडाको प्रधानमन्त्री पनि त केही हो ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…