Sansar News- Online for Global Nepali

कागती खाँदा हुन्छ यती धेरै फाइदा !

संसार न्यूज़
१२ महिना पहिले
कागती खाँदा हुन्छ यती धेरै फाइदा !

१५ माघ, काठमाडौँ । कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएकोले पनि कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । कागती सबै मौसममा पाइने अत्यधिक फाइदा दिने फल हो । यसले खानाको स्वाद मात्र बढाउँदैन यसमा औषधिय तथा सौन्दर्य बर्धक गुण समेत रहने गर्दछ । कागती स्वास्थ्यकोलागि अत्यन्त लाभदायक मानिन्छ । विशेष गरेर पेट सम्बन्धी समस्याका लागि कागतीको उपयोग अत्यन्तै फाइदाकारी हुन्छ ।

यस्ता छन् कागती सेवनका फाइदा –
१. पाचन प्रक्रिया राम्रो बनाउँछ  । कागती पानी पिउँदा आन्द्रामा देखिने विकारलाई सफा गरी पाचन प्रणालीलाई मजबुद बनाउँछ ।

२ं कागतीको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ ।

३. उच्च रक्तचापका रोगिको रक्तवाहिनिमा कागतीले  शक्ति प्रदान गर्दछ ।

४. एक कागतीको रसमा तीन चम्चा सक्खर, दुई चम्चा पानी घोलेर कपालको जरामा लगाएर एक घण्टा पश्चात सफा गर्नाले कपालमा रहेको चायाँ जान्छ । कपाल झर्नपनि रोकिन्छ । शैम्पु गरेपछी थोरै पानीमा कागतीको रस मिलाएर कपालमा लगाउँनाले कपाल चमकदार र मुलायम बन्दछ ।

५. शरीरको मोटापन हटाउँन विहान हल्का तातो पानीमा कागतीको रस हालेर नियमित सेवन गर्नाले मोटापन कम हुन्छ ।

६ मलेरिया तथा हैजा जस्तो विरामीको लागि कागतीको पानी अत्यन्त फाइदाजनक हुन्छ । कागतीमा पिंधेको मरिचको धुलो हालेर पानी पिएमा फाइदा गर्दछ । कागतीमा पिंधेको मरिच छर्केर केही तताएर चुसेमा फाइदा गर्दछ । यस्ले मलेरियाको जरोमा समेत फाइदा गर्दछ ।

७. आधा कप गाजरको रसमा कागतीको रस मिलाएर पिउँनाले शरीरमा रगतको कमी रहन दिदैन ।

८ं मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान र बेलुका कुल्ला गर्नाले घाँटी बसेको ठीक हुन्छ ।

९. आधा चम्चा कागतीको रसमा दुई चम्चा मह मिलाएर चाट्नाले रुघाखोकीमा फाइदा पुग्दछ ।

१०. कलेजो र मिर्गौलालाई स्वस्थ्य राख्छ । कागती पानी पिउँदा कलेजोलाई सफा गर्छ । कलेजोका इन्जाइमहरु कमजोर भएका ऊर्जा प्रदान गर्दै रगतको उत्तेजक पदार्थलाई फिल्टर गर्ने काम गर्छ ।

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल ४ दिन पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु ६ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि ७ दिन पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली ३ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…