Sansar News- Nepal's Fast Khabar Online News Portal

जाने हैन त जन्मदिन मनाउन चन्द्रागिरि, आजबाट चन्द्रागिरि केवलकार सेवा निशुल्क !

संसार न्यूज़
२ महिना पहिले
जाने हैन त जन्मदिन मनाउन चन्द्रागिरि, आजबाट चन्द्रागिरि केवलकार सेवा निशुल्क !

१६ माघ, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारले आफ्नो जन्मदिन मनाउने आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क केवलकार सेवा प्रदान गर्ने जनाएको छ ।

यो योजना अन्तरगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने छ

हिल्सले वुधवार एक बिज्ञप्ति प्रकसित गर्दै चन्द्रागिरि भ्रमण गर्ने पर्यटकहरुका लागि जन्मदिन बिशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको बताएको छ । यो योजना अन्तरगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने छ ।

“हामीले आजबाट आफ्नो जन्मदिन परेका महानुभाबहरुलाई निःशुल्क सेवा प्रदान गर्दै छौं”कम्पनीका मन्जित शर्माले भने “तर जन्मदिनको आधिकारीकता झल्कने कागजात चाहिं अनिबार्य हुनुपर्ने छ ।”

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतक पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…