Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्ता छन् दिनहुँ स्याउ खानुका फाइदा

संसार न्यूज़
८ महिना पहिले
यस्ता छन् दिनहुँ स्याउ खानुका फाइदा

माघ, काठमाडौँ । स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।
स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो ।

सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ । नेपालको कर्णाली अंचलमा विशेष गरि जुम्ला जिल्लामा प्रशस्त मात्रामा स्याउ पाइन्छ । स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन्।

स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।
यी हुन् स्याउ खाँदा हुने फाइदाः

१. हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई उही मात्रामा रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ ।

२. दिनहुँ स्याउ सेवन गर्नाले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ भने सुगर नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत राख्न पनि सघाउ पुयाउँछ ।

३. ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ ।स्याउको सेवनले पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत गर्छ  ।

४. पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या विस्तारै कम हुँदै जान्छ । स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ  र पायल्स हुनबाट बचाउँछ ।

५. मिर्गौलामा हुने पत्थरीबाट बच्न दिनहुँ स्याउको सेवन उपयोगी हुन्छ । पत्थरीका बिरामीले खाएमा दुखाइबाट आराम मिल्छ ।

६. स्याउको नियमित सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्नुका साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

७.स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

८. स्याउको सेवनले अनुहारमा रहेका काला र सेता धब्बालाई कम गर्छ जसले तपाईको अनुहारमा चमक ल्याईदिन्छ

९. स्याउले शरीरमा रहेको नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ ।स्याउको सेवनले मोटोपनबाट हुने हृदयाघात, मधुमेह र मुटुरोगजस्ता समस्या हुने सम्भावना कम हुन्छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…