Sansar News- Nepal's Fast Khabar Online News Portal

तेश्रोलिंङ्गी अजिता हत्या प्रकरणः ट्रकभित्र सामुहिक शारिरिक सम्पर्क, पैसामा विवाद भएपछि हत्या !

संसार न्यूज़
३ हप्ता पहिले
तेश्रोलिंङ्गी अजिता हत्या प्रकरणः ट्रकभित्र सामुहिक शारिरिक सम्पर्क, पैसामा विवाद भएपछि हत्या !

२१ माघ, काठमाडौं । गत माघ ४ गते हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा अर्धनग्न अवस्था तेश्रोलिङ्गी अजिता भुजेल शब फेला परेको थियो । घटनाको झण्डैं १८ दिनपछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ । हत्यामा सम्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । भुजेलले चलाउने गरेको मोवाईमार्फत प्रहरी हत्यारासम्म पुग्न सफल भएको थियो ।

अजिताले चलाउने गरेको ओप्पो फोनमा एलिसा पाख्रिनले सिम राखेर चलाएको प्रहरी अनुषन्धानमा देखिएसँगै प्रहरी पाख्रिनसम्म पुगेको थियो । पाख्रिन मार्फत नै प्रहरीले मुख्य हत्यारा पत्ता लगाएको हो । पाख्रिनलाई उनका साथी आशिष बलले उक्त मोवाईल दिएका थिए । पाख्रिन मार्फत प्रहरीले आशिषलाई पक्रिएर अनुषन्धान अगाडि बढाएको थियो ।

अनुषन्धान गर्दै जाँदा आशिषलाई उक्त मोवाईल बुद्ध लामाले दिएको खुलेको थियो । बुद्ध लामालार्ई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो । बुद्धलाई पनि सो मोबाइल सिमोन परियाले दिएको खुलेको थियो । ट्रक सहचालक सिमोन परियारकै सम्लग्नतामा अजिताको हत्या भएको प्रहरी अनुषन्धानमा देखिएको छ ।

कसरी भयो घटना ?
ना छ ख ६५२७ नम्मरको ट्रकको सहचालक सिमोनले घटना भएको दिनको राती साहुलाई र चालकलाई नै नसोधि ट्रक हेटौंडा बसपार्क ल्याएका थिए । बसपार्कमा उनको भेट साथी सुशिल थापामगरसँग हुन्छ । सिमोन र सुशिलबीच यौनकर्मी खोजेर शारिरिक सम्पर्क राख्ने योजना बन्छ । सोहि योजना अनुसार ट्रक लिएर उनीहरु थाना भर्याङ जान्छन् ।

थाना भर्याङमा रातको १ बजे उनीहरुको भेट तेश्रोलिंङ्गी अजिता भुजेलसँग हुन्छ । अजितासँग उनीहरुले ७ हजारमा यौन सम्पर्क गर्ने सहमति गर्छन् । सिमोनले चलाएकै ट्रकमा सामुहिक शारिरिक सम्पर्क गर्न अजिता तयार हुन्छिन् । शारिरिक सम्पर्क भैसकेपछि पैसामा विवाद हुन्छ । विवाद बढ्दै जादा सिमोन र सुशिलले ट्रकभित्रै अजिताको हत्या गर्छन् ।

हत्यापछि उनीहरुले अजिताको शव त्यहि ट्रकमै राखेर क्याम्पाडाँडामा पुर्याएर फाल्छन् । बिजुलीको तारले घाँटी बाधेर उनीहरुले अजिताको हत्या गरेको स्वीकारी सकेका छन् । घटनाबारे थप अनुषन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा अजिताको शव भेटिएको थियो । निलहिरा समाजमा समेत आबद्ध रहेर अभियानमा संलग्न रहेकी उनी यौनकर्मी पनि थिइन् ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…