back

प्रचण्डलाई ‘रिप’ लेख्ने गंगा पन्तलाई पर्सा पुर्याइयो, चितवनमा नयाँ एसपी

वि.सं.२०७६ माघ २१ मंगलवार

174 

shares
NTC AD
Global IME AD

२१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा ‘रिप’ लेखेर विवादमा आएकी एसपी गंगा पन्तलाई अन्ततः पर्सा पुर्याईएको छ । यसअघि चितवनमा सरुवा गरिएकी उनलाई राजनीतिक दबाबका कारण चितवन जान नसकेपछि पर्सा सरुवा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनमा भने प्रहरी उपरीक्षक (एसपी) नातीराज गुरुङलाई पठाएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्रीले चितवनमा गुरुङलाई पठाइएको पुष्टि गरेका छन् ।

यसअघि चितवनका तत्कालीन एसपी दानबहादुर मल्लको विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा सरुवा भएको थियो भने पन्तलाई चितवन पठाईएको थियो।

प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सम्बन्धी स्टाटसमा पन्तले फेसबुक कमेन्टमा ‘रिप’ लेखेपछि उनको केही अघि आलोचना भएको थियो । त्यही विषयलाई लिएर पन्तलाई चितवनमा जानबाट रोक लगाइएको प्रहरी अधिकृतहरु बताउँछन् ।

पन्तलाई पर्साको जिम्मेवारी दिएपछि पर्सामा रहेका हालका एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर, टेकुमा ल्याइएको छ ।

वि.सं.२०७६ माघ २१ मंगलवार १७:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...