२३ माघ, काठमाडौं । पार्टी उपसभापति विजयकुमार गच्छादारविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीसहितका नेताहरु आकस्मिक बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारीसहितका नेताको बैठक बसेको हो ।
बैठकमा पदाधिकारी बाहेक कांग्रेसका नेता कृष्ण सिटौला, मिनेन्द्र, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह लगायतका नेता सहभागी रहेको सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
बैठकमा कांग्रेस निकटको डेमोक्रेटिक लयर एशोशिएशनका पूर्व अध्यक्षहरु, वार एशोसिएशनका नेपाली कांग्रेस निकटका कानून व्यवसायी लगातको सहभागीता रहेको छ ।
पार्टीका उपसभापति विरुद्ध मुद्दा दायर भएपछि कसरी अघि बढ्ने भन्ने विषमा बैठकमा छलफल भइरहेको एक जना नेताले जानकारी दिए ।