Sansar News- Online for Global Nepali

कांग्रेसको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

संसार न्यूज़
१ वर्ष पहिले
कांग्रेसको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

२३ माघ, काडमाडौं । पार्टी सभापति शेरवहादुर देउवा निवासमा बसेको नेपाली कांग्रेसको आकस्मिक बैठक सकिएको छ । बैठकले राजनीतिक पूर्वाग्रहका आधारमा उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै त्यसविरुद्ध पार्टी र भातृ संस्था परिचालन गर्ने निर्णय गरेको छ।

राजनीतिक पूर्वाग्रहका आधारमा पार्टी उपसभापति गच्छदारलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको निस्कर्षमा नेपाली कांग्रेसले पुगेको हो । कांग्रेसले भातृसंस्था र पार्टी परिचालन गर्ने रणनीति तय गर्न भातृसंस्थाका पदाधिकारीको बैठक समेत बोलाएको छ।

पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बोलाइएको बैठकले यससम्बन्धी रणनीति तय गर्ने बताइएको छ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसमेत रहेका उपसभापति गच्छदारसहित १ सय ७५ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विषेश अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले भूमिसुधार मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेस गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ५ दिन पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…