२३ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरोध गरेको छ । च्छदारविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको छ ।
बिहीबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्धा लगाएको बताइन् । अख्तियार जस्तो संवैधानिक आयोग पनि सरकारको लाचार छायाँ बनेको कांग्रेसको आरोप छ ।