back

कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

वि.सं.२०७६ माघ २४ शुक्रवार

138 

shares
NTC AD
Global IME AD

२४ माघ, बागलुङ । बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ ।

जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा रु ३८० र रु ४०० प्रतिकेजी हुँदै अहिलेका मूल्य रु ४४० पुगेको छ ।

कुखुरा फार्ममा कुखुराको उत्पादनमा कमी आएका कारण खरीद मूल्य बढेपछि मूल्य बढाउन बाध्य भएको व्यवसायीले बताएका छन् । “कुखुराका माग धान्नै मुस्किल छ, अन्यत्रबाट आयत गर्न ढुवानी खर्च बढी लाग्छ”, उनले भने, “कतिपय फ्रेसहाउसहरु मासुको अभावमा बन्द हुन थालेका छन् ।” अहिलेसम्म ४०० नाघ्न सकेको थिएन । कुखुरा कम उत्पादन भएपछि हालसम्मकै उच्च मूल्यवृद्धि भएको हो ।

कुखुरा उत्पादकको घरमै पुग्दासमेत जिउदो कुखुरालाई रु ३०० मा खरीद गर्नुपरेको मासु व्यवसायी कृष्ण जिसीले बताए । जिउँदो कुखुरालाई रु ३०० मा खरीद गरेर गोदामभाडा, पसलभाडा तिरेर रु ४४० मा बिक्री गर्दा मेहनतसमेत नउठ्ने नभएको उनले जानकारी दिए । त्यस्तै खसी÷बोकाको मासुको समेत प्रतिकेजीमा रु ५० वृद्धि भएको छ । रु ९०० प्रतिकेजी खसी÷बोकाको मूल्य माघ १९ गते देखि ९५० पुगेको हो ।

अन्य मासुको मूल्य यथावत रहे पनि कुखुराको मासुको मूल्य अझै वृद्धि हुने सम्भावना रहेको मासु व्यवसायी सङ्घले जनाएको छ । रासस

वि.सं.२०७६ माघ २४ शुक्रवार ११:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...