Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथा : यमराजको न्याय

संसार न्यूज़
२ महिना पहिले
लघुकथा : यमराजको न्याय

स्वर्गलोक यमराजको वैठक कोठा । कोठामा चारवटी अधवैंसे नारीहरू लहरै कुर्सिमा आशिन छन् । वरिपरि ठुल्ठुला जुँगामुठे यमदुतहरू हातमा भाला तरवार बोकेर उभिएका छन् । विचमा अघिल्तिर सिंहासनमा यमराज बहीखाता अगाडी राखेर न्यायधिश झैं प्रश्न गर्छन अधवैंशे नारीहरूलाई ।

पहिलो प्रश्न समुहलाई ‘तिमीहरू सबै अधवैंसेमात्रै देखिन्छौ कसरी एकैसाथ मर्यौ हँ ?’ ‘हामी बिहेको जन्तीबाट फर्किदा दुर्घटनामा परेर मर्यौ हजुर’ सामुहिक जवाफ आँउछ ।

एउटीलाई यमराजको प्रश्न ‘ल भन तिमीले आफू जिवितछँदा नारीधर्म कत्तिको पालन गर्यौ ?’ यमराजलाई ढाँट्नु भएन उसले भनी ‘हजुर मैले त यी यसरी कतिवेला मरिने हो, बाँचुन्जेल त हो नि मस्ती गर्ने भनेर विवाहपूर्व पनि विवाहपछि पनि यो धर्म कहिल्यै पालन गरिन !’ यमराज कडकिए ‘ऐ पालेहरू हो यसलाई लगेर महिला कारागारमा थुन्देउ त ।’
अर्किलाई सोधे ‘तिमीले के गर्यौ ?’

अर्किले भनी हजुर विवाहपूर्व चाँही दुईचारजना सँग हेलमेल गरेँ तर विवाह पश्चात त आफ्नै पतिव्रतामा बसेँ हजुर !’ यमदुततिर ईशारा गर्दै यमराजले भने, ‘यता हेर ! यीनलाई वृद्धाहरूको कारागारमा लगेर थुन्नु’ यमराजले दुतहरूलाई आदेश दिए ।

तेश्रीलाई सोधे ‘अव तिमी भन के के गर्यौ ?’

हजुर मैले त आफ्नो पति बाहेक अरूलाई त कल्पना पनि गरिन,तर विहे भएको छ महिना पनि नपुग्दै मर्नुपर्यो हजुर’
ल ल ठिक छ, ए सिपाई हो यीनलाई युवा कारागारमा बन्दगर्नु कुरा बुझ्यौ ? यमराजले आदेश गरे ।

अव चौथीलाई सोधे ‘अनि तिमी भन त के के गर्यौ ?’

चौथीले निराशहुँदै भनी ‘खोई हजुर म त विवाहपूर्व पनि अति सोझी थिए आफ्नो कौमारित्व जोगाएरै बसेकी थिए,आफ्नो त बिहेकै दिन गाडी दुर्घटनामा मत्यु भयो कुमारीमै मर्नुपर्यो हजुर !’

यमराजले हँसिलो अनुहार पारेर मुसुक्क मुस्कुराँउदै भने ‘पिर मान्नुपर्दैन! ऐ पालेहरू ! यीनलाई चाँही मेरो बेडरूममा लगेर थुन्’

चौथीले मनमनै भनि ‘थुक्क स्वर्गका यमराज त केटी भनेपछि यहाँसम्म गिर्दा रहेछन अनि कतै भेटीन्थे पृथ्वीमा आवाल व्रम्हाचारी संत बाबाहरू ?

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…