Sansar News- Nepal's Fast Khabar Online News Portal

नया बाइबल ‘द कन्सपाइरेसी फाइल’

संसार न्यूज़
२ महिना पहिले
नया बाइबल ‘द कन्सपाइरेसी फाइल’

“बंकर रास्ट्रवादले ग्राहक पाए देश बेच्छ बाकि सब तपशिलका कुरा
लड़ियावाद गणतन्त्र ल्याउन गोरुगाडा चढछ
एमसीसी ल्याउन चिलगाडी चढ़छ”

माक्स, लेनिन, माओले चालै पाएनन्
बंकर सभाले
कुनबेला हसिया हथौडा बेचे
कुनबेला कम्युनिष्ट घोषणापत्र बेचे
कुनबेला छापामारको दस्ता बेचे
कुनबेला लाल चेलाले
लाल गुरु माक्सलाई बेचे
माक्सले चालै पाएनन्

यो सिंह दरबार हो कि ?
भ्याटिकन सिटि हो
जता हेर्यो पादरी छन्

यो चर्च भवन हो कि ?
संसद भवन हो
संसद भवन भनु भने
सासद जति पादरी भए
पादरीको हात हातमा
नया बाइबल एमसीसी छ
एमसीसीकै बहस छ
एमसीसीकै विधेयक छ
यहा पादरिकै बहुमत छ
यी पादरी हुन् कि सांसद हुन् ?
हलो यो संसद भवन होइन
यो मध्याकालिन चर्च भवन हो

यहा औला छोडी
सांसद जति
कोहि पाष्टर छन्
कोहि विसप छन्
कोहि पोप छन्
यहा कामरेड पोपकै कमाण्डमा
संसद भवन चलेको छ
जय होस् कामरेड पोप
तपाइको जय होस्
तपाईको लाल संसद भवन सदा जीवित रहोस ।

कामरेड पोप
कहिल्यै आफ्ना चेलाहरुलाई
मध्यरातमा
महाकालीको रगत ख्वाउछ्न
कहिल्यै आफ्ना चेलाहरुलाई
होलि वाइनको विर्य ख्वाउछ्न
भोलि फेरी कामरेड पोप
मध्यरातमा
आफ्ना चेलाहरुलाई
एमसीसीको रातो विर्य चखाउने छन् ।

यो लाल संसद भवन के हो ?
यो लाल संसद भवन
बंकर रास्ट्रवादको एक नमुना हो ।

बंकर रास्ट्रवादले
ग्राहक पाए देश बेच्छ,
बाकि सब तपशिलका कुरा
बंकर रास्ट्रवादले
किस्ता किस्तामा देश बेचिरहेछ
यदि देश कुम्भकर्ण भए
बंकर रास्ट्रवादले
मध्य रातमा ग्राहक खोजि देश बेच्छ,
बाकि सब तपशिलका कुरा ।

बंकर रास्ट्रवाद ‘द कन्सपाइरेसी फाइल’
कसलाई थाहा छ ?
यसका भूमिगत कुरा

के द्रोपदीलाई थाहा थियो ?
एकदिन जुवाको दाउ हुनेछु
पाण्डवहरुको मार्रा हुनेछु
दुशासनले जगल्टा लुछ्ने छ
दुर्योधनले साडी तान्ने छ
कौरव सभाले तमाशा हेर्नेछ ।

के काश्मिरलाई थाहा थियो ?
एकदिन काश्मिर धारा तिनसौ सत्तर हुनेछ,
के भुटानलाई थाहा थियो ?
एकदिन गहुगोरो बाइबल आएर
भुटानलाई नयाँ उपनिवेश बनाउने छ,
के सिक्किमलाई थाहा थियो ?
एकदिन आफ्नै संसद भवनले
सिक्किम बेचिदिने छ
के अफ्रिकालाई थाहा थियो ?
एकदिन गोरा आउने छन्
काला हातहरुमा
बाइबल दिएर
देश लुटी लिनेछन ।

काला रङलाई थाहै थिएन
गोरा रङले काला रङलाई
हाट लगी
लिलाम बडाबडमा बेचिदिनेछन्,
हो त्यतिबेला चर्च कहाँ थियो ?
चर्च मौन थियो
हो त्यतिबेला बाइबल कहाँ थियो ?
बाइबल त कालाहरुको हात हातमा थियो ।

के नेपालीलाई थाहा थियो ?
एकदिन कालापानी, लिपुलेक, लिम्पियाधुरा
विदेशीको नक्सामा हुनेछ,
महाकाली मध्यरातमा
आफ्नै संसद भवनले बेचिदिनेछ,
एकदिन नयाँ बाइबल एमसीसी
संसद भवनको घोडा चढी नेपाल आउनेछ ।

नेपालीले त आफ्नै सपना
बंकर सभाले
किस्ता किस्तामा बेहिदिएको चालै पाएनन्
जसरी
माक्स, लेनिन, माओले चालै पाएनन्
बंकर सभाले
कुनबेला हसिया हथौडा बेचे
कुनबेला कम्युनिष्ट घोषणापत्र बेचे
कुनबेला छापामारको दस्ता बेचे
कुनबेला लाल चेलाले
लाल गुरु माक्सलाई बेचे
माक्सले चालै पाएनन्
जसरी
चालै पाएनन् जेससले
कुनबेला आफ्नै चेला जुड़ासले
रोमन साम्राज्यवादीको सुलीमा
जेसस बेचे

यस्तै छ लालपुर्जाको दुनिया
यो दुनिया
बेवकुफ बन्ने र बनाउने पाठशाला हो
यो पाठशालामा जो बेवकुफ बने
ति भर्याङका खुडकिला हुन्
जसले बेवकुफ बनाए
ति भर्याङ चढ्दै गरेका पैतला हुन् ।

यो लालपुर्जाको दुनियामा
जेसस सुली चढछन्
जुडासहरु सुली चढाउछन्
फेरी त्यहि जुडासहरु
जेससलाई देवता बनाएर
जनतामाथि हलो जोत्छन
जेससलाई बाइबल बोकाएर
जुडासहरु आफ्नै साम्राज्य चलाउछन ।

हो जसरि यो लालपुर्जाको दुनियाँमा
लाल जुडासहरु
माक्सलाई गुरु थापेर
देशलाई इराक, अफगानीस्तान बनाउदैछन्
देशलाई प्यालिस्टाइन बनाउदैछन्
हो त्यसरी नै लाल जुडासहरु आफ्नो साम्राज्य चलाउदैछन् ।

जाग जनता जाग
यो देश संसद भवनको गर्भाशयबाट
झरेको डल्लो होइन
यो देश सिंहदरबारको लालपुर्जा होइन
यो देश बालुवाटारको पजनी खेत होइन
यो देश हो देश
देश पुर्खाको रगत हो
यो देश नालापानीमा
एकचिम्टी नुन नपाएर
पिठ्युमा डोको बोकेर
डोकोमा सामल बोकेर
सामल माथि बच्चा बोकेर
पुर्खाले आर्ज्याको मुलुक हो
यो देश संसद भवनको लालपुर्जा होइन ।

जाग जनता जाग
संसद सभाका लागि
घरका बच्चा बच्चा हुन्
देशका बच्चा पाठापाठी हुन्
भोलि यिनले बम खानेछन
संसद सभा
हो त्यतिबेला आफ्नो गुड बोकेर
विदेश उड़नेछ
कौरव सभा तमाशा हेर्नेछ ।

जाग जनता जाग
एक्लो दाउरा बल्न त बल्छ
मेधा हुदैन
मेधाको जस्तो भरभराहट हुदैन ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…