Sansar News- Online for Global Nepali

संसद बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको तयारी

संसार न्यूज़
१ वर्ष पहिले
संसद बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको तयारी

२६ माघ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । आजको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची तोकिएको छ । आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक, २०७६’ पेश गर्ने कार्यसूची छ।

प्रधानमन्त्रीका तर्फबाट ‘संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्था विधेयक’ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले राष्ट्रिय सभामा ‘नेपाल इन्जिनियरिङ परिषद्, पहिलो संशोधन’ विधेयक छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाइएको र नेकपाका नेताहरुलाई जोगाउने काम गरेको भन्दै विहीबार र शुक्रबारको संसद बैठक अवरोध गरेको थियो।

बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति विजय कुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ। आजको बैठक पनि अबरोध गर्ने तयारीमा रहेको कांग्रेस स्रोतले बताएको छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ३ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको पुरस्कार

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको पुरस्कार ४ हप्ता पहिले | संसार न्यूज़

४ चैत, काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ३ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…