२६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ। आइतबार दिउँसो बैठक शुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका हुन् ।
कांग्रेसले नेकपा नेतृत्वको सरकारले आफ्नालाई जोगाउँदै कांग्रेसका नेताहरुलाई सिद्याउने नीति सरकारले लिएको दाबी गर्दै आएको छ । सरकारले अख्तियारलाई प्रयोग गरेर कांग्रेसमाथि प्रहार थालेको भन्दै लालपूर्जा हातमा लिएर हिँड्नेलाई भने उन्मुक्ति दिएको कांग्रेसको आरोप छ।
पटक पटकको आग्रहपछि पनि कांग्रेसले अवरोध गरिनै रहेपछि सभामुख अग्नि सापकेटाले २८ गते मंगलबार सम्मका लागि स्थगित गरेका छन् ।