Sansar News- Online for Global Nepali

अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्नुस्ः सभामुख

संसार न्यूज़
१ वर्ष पहिले
अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्नुस्ः सभामुख

२६ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्न प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेससँग आग्रह गरेका छन् । काङ्ग्रेसले आइतबारको संसद् बैठक पनि चल्न नदिएपछि सभामुखले यस्तो आग्रह गरेका हुन् ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै काङ्ग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ । यसअघि गएको बुधबार र शुक्रबारको बैठक पनि काङ्ग्रेसका सांसद्हरुको अवरोधका कारण अवरुद्ध भएको थियो ।

सभामुख सापकोटाले आइतबारसमेत गरी तीन पटकसम्म बैठक अवरुद्ध भएको भन्दै बैठकलाई जीवन्त राख्न र चलायमान बनाउने सबैको उद्देश्य हुनुपर्ने भन्दै बैठक सञ्चालनमा सहयोग गर्न काङ्ग्रेसलाई आग्रह गरे । संवैधानिक निकायले गरेको निर्णयमा प्रतिनिधिसभाले केही गर्न नसक्ने भन्दै सभामुख सापकोटाले यो विषय अदालतमा गएकाले संसदबाट केही गर्न नसकिने बताए ।

काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि काङ्ग्रेसले विरोध जनाउँदै आएको छ ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ३ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको पुरस्कार

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको पुरस्कार ४ हप्ता पहिले | संसार न्यूज़

४ चैत, काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ३ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…