back
CTIZAN AD

रुकुमपूर्व जिल्लाको सदरमुकाम गोल्खाडा नै हुनुपर्ने माग

वि.सं.२०७६ माघ २७ सोमवार

2.3K 

shares

२७ माघ, काठमाण्डौं । रुकुम पुर्व जिल्ला सदरमुकाम गोल्खाडा सरोकार समितिले रुकुम पूर्व जिल्लाको सदरमुकाम गोल्खाडा नै हुनुपर्ने माग गरेको छ ।

सोमबार काठ्माडौमा आयोजित पत्रकार सम्मेलनमा रुकुम पुर्व जिल्ला सदरमुकाम गोल्खाडानै हनुपर्ने माग गरिएको हो ।

रुकुम पुर्व जिल्ला सदरमुकाम गोल्खाडा सरोकार समितिका संयोजक केशरमान रोक्काले २०७४ माघ ११ मा मन्त्रिपरिषद्को बैठकले पुथा उत्तर गंगा गाँउपालिका वडा नं १२ गोल्खाडालाई सदरमुकाम तोक्ने कार्य भएको बताउदै भनेका छन्, ‘पछिल्लो निर्णयका विरुद्धमा रुकुमकोट निवासी केही व्यक्तिहरुले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो । प्रारम्भिक सुनुवाइका क्रममा पछिल्लो निर्णय हाललाई कार्यान्वयन नगर्नु भनि अन्तरिम आदेश जारी भै हाल संबैधानिक इजलासमा विचाराधिन अवस्थामा रहेको छ । हाल आगामी २९ गतेलाई पेशी तारेख समेत तोकिएको अवस्था छ । सुनुवाईको क्रममा रहेको उक्त रिट खारेज गरी सरकारको अन्तिम निर्णय कार्यान्वयनका लागि जोडदार माग गर्दछौं ।’

यसैगरी, सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन २८ गते विहान ११ बजे शान्तिबाटिकाबाट ¥याली निकालि माइतीघर मण्डलामा सभा गर्ने बताइएको छ ।

गोल्खाडा सरोकार समितिका संयोजक केशरमान रोक्काद्धारा जारी विज्ञप्तिमा भनिएको छ,
‘रुकुम पुर्व जिल्ला भौगोदिक बनावटका हिसाबले दुर्गम हिमाली क्षेत्रसँग जोडिएको जिल्ला हो । उक्त क्षेत्रमा आम बोल्ने मगरहरुको बाहुल्यता रहेको छ । यहाँका मगर समुदायको आफ्नै विशिष्ठ संस्कृति रहेको छ । उक्त क्षेत्रमा राणाकालमा प्रशासनिक एकाइका रुपमा पाल्पा गौडा कहिले बाग्लुङ कहिले बाग्लुङ कहिले डोल्पा जिल्ला अन्तर्गत रहेको थियो । त्यसैगरी २०३२ सालमा रुकुम जिल्ला अन्तर्गत गाभियो । हालको संविधान जारी भए पश्चात नयाँ जिल्ला रुकुमपूर्वको जन्म भएको हो । उक्त क्षेत्रमा बाहुल्याता रहेको मगर दलित लगायतका सबै समुदायलाई सहज ढंगले प्रशासनिक सेवा उपलब्ध होस् भन्ने अभिप्रयाले रुकुमपूर्व केन्द्रमा रहेको कच्ची सडक संजालले जोडिएको पुथा उत्तर गंगा गाउँपालिका वडा नं १२ गोल्खाडालाई सदरमुकाम तोकिएको अवस्था हो । बत्ती, टेलिफोन, इन्टरनेट, सडक संजाल, लगायत विकासका सम्पूर्ण पूर्वाधारहरुको विकास गरी समग्र रुकुमपुर्वको विकास गर्नका लागि पनि जिल्लाको केन्द्र भागलाई सदरमुकाम तोक्न बान्छनिय भएकोले पुथा उत्तर गंगा गाउँपालिका १२ गोल्खाडालाई नेपालको संविधानको धारा ५७ को उपधारा १ र धारा १०९ तथा अनुसूची ५ मा व्यवस्था भए अनुसार नेपाल सरकारको मन्त्री परिषद्बाट सदरमुकाम तोक्ने कार्य भएको हो ।
जिल्ला पुर्वी रुकुमको उत्तरी भागमा सिस्ने, पुथा, दोगाडी, निम्कु, सामजाङ, हिमाल रहेका छन् । उक्त हिमालहरुको उचाई ६००० देखि ७२४६ मिटर सम्म रहेको छ । उक्त हिमालहरुको फेदमा समेत मानववस्ति झार्लुङ, गुडबाङ, हिम, पेल्माm जुनाङ, रलतिज्याङ, घुसदुङ गाउँहरु रहेका छन् । उल्लेखित गाउँहरुबाट दक्षिण पश्चिम सीमा रुकुमकोट जो अहिलेको अस्थायी मुकाममा आइपुग्न ४ दिनको यात्रा तय गर्नुपर्ने हुन्छ भने स्थायी मुकाम गोल्खाडा आइपुग्न २ दिन मात्र लाग्दछ । यहि भौगोलिक जटिलतालाई हेरेर सबै जिल्ला बासीहरुको समान सुगमताका लागि पुथा उत्तर गंगा गाउँपालिका वडा नं १२ गोल्खाडालाई सदरमुकाम तोक्ने निर्णय मन्त्रिपरिषद्बाट भएकोमा जिल्लाबासीहरुको बिमती छैन । कानुनी तथा ब्यवहारिक साथै बहुसंख्यक जनताको अपेक्षा पूरा गर्ने हाम्रो अभियानलाई साथ, सहयोगलागि हार्दिक अनुरोध गर्दछौं ।’

वि.सं.२०७६ माघ २७ सोमवार १८:५० मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...