Sansar News- Nepal's Fast Khabar Online News Portal

जनसम्पर्क समिति अमेरिका पार्टीको भातृ संस्था हो की होइन ? स्पष्ट पार्न पूर्व संयोजक सुवेदीको आग्रह

संसार न्यूज़
२ महिना पहिले
जनसम्पर्क समिति अमेरिका पार्टीको भातृ संस्था हो की होइन ?  स्पष्ट पार्न पूर्व संयोजक सुवेदीको आग्रह

नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व संयोजक तथा  नेपाली काँग्रेसको महासमिति सदस्य विष्णु सुवेदीले जनसम्पर्क समिति अमेरिका पार्टीको भातृ संस्था हो की होइन स्पष्ट पार्न आग्रह गरेका छन् । जनसम्पर्क समितिलाई एउटा समूहले पार्टीको भातृ संस्था र अर्को समूहले गैरराजनीतिक सामाजिक संस्था भन्ने विवाद ल्याउँदा सबैमा द्विविधा उत्पन्न भएको भन्दै उनले त्यसबारे स्पष्ट पार्न र विभाजित हुने अवस्था सिर्जना दिन नहुनेकुरामा जोड दिएका छन् । उनले भनेका छन् ‘हामीले अहिले द्विविधालाइ चिर्न सकेनौ भने, पार्टीको संगठनको रुपमा मान्ने कांग्रेसी कार्यकर्ताहरुको एउटा नेपाली जन सम्पर्क समिति र गैर राजनीतिक सामाजिक संस्थाको रुपमा मान्नेहरुको अर्को समुहका रुपमा हामी विभाजित हुने तितो यथार्थ हाम्रा सामु छिट्टै नै आउने छ। त्यो परिस्थिति बन्न दिनु हुदैन र समयमै हामीले यसलाई समाधान गर्नुपर्छ।’

नेपाली जनसम्पर्क समितिको स्थापनाकालिन उदेश्य, यसको मुल मर्म र भावनालाई बिर्सिएर एकातिर नेपाली कॉंग्रेसको आधिकारिक संगठन हौ भन्ने पार्टीको जिम्मेवारी र पद ओगटी रहने अर्को तर्फ गैर राजनीतिक सामाजिक संस्था भन्ने दोधारे व्यवहार र चरित्र देखाइनु आफैमा हास्यॉंस्पद छ’ उनले भनेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् :

“आदरणीय अमेरिकाबासी नेपाली कॉंग्रेस निकट दिदीबहिनी तथा दाजुभाइहरु!!!

नेपालमा, प्रजातन्त्रको पुनर्स्थापनाको निम्ति प्रवासमा रहेका नेपाली कॉंग्रेसका कार्यकर्ता र शुभ चिन्तकहरुलाई एकत्रतित गर्ने उदेश्यका साथ जन नायक बी.पि. कोईरालाले नेपाली जन सम्पर्क समितिको गठन गर्नु भएको ईतिहासलाई एक पटक संझन चाहान्छु। नेपाली कॉंग्रेसको ७० बर्ष लामो आफ्नो यात्रामा प्रवासमा बैरगनैया सम्मेलन गरेर आफ्ना ऐतिहासिक निर्णयहरु गरेको इतिहास साक्षी छ। नेपाली जनसम्पर्क समिति, नेपाली कॉंग्रेसको निकाय हो। यस संगठनको उदेश्य भनेको प्रवासमा रहेर पनि नेपालको राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा र निरंकुशताको बिरुद्धमा आवाज बुलन्द गर्नु नै हो।

नेपालमा, नेकपाको सरकारले लोकतन्त्रको सामान्य सिद्धान्त बिपरित सुचना तथा प्रबिधी बिधेयक देखि पार्टी नियन्त्रित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय सम्म हेर्दा फेरी पनि हामीले एक पटक कम्युनिष्ट तानाशाही बिरुद्ध लड्नु पर्ने अबस्था देखिएको छ। कम्युनिष्ट सरकारले निर्लज्ज पार्टी संरक्षित भ्रष्ट्राचार बिस्तारै बिस्तारै सम्पुर्ण सरकारी संयन्त्रलाई आफ्नो नियन्त्रणमा लिने र साम्यवादी शासन लागु गर्ने प्रपन्च रच्दै छ। आफ्ना बिरोधिको तेजोबध गर्ने र सके तिनलाई समाप्त नै कम्युनिष्टहरुको स्वाभाविक चरित्र हो, यस्तो विषम परिस्थति बन्दै गएको अवस्थामा हामी अमेरिकामा बसोबास गर्ने नेपाली जन सम्पर्क समितिसंग आबद्ध कॉंग्रेसजनहरु भने जन सम्पर्क समितिलाई ५०१ C अन्तर्गत राखेर जाने षडयन्त्रको तानाबानाहरु बुनिदै छ भन्ने कुरा बाहिर सुनिन आएको छ। लोकतन्त्रप्रेमी कुनैपनि नेपाली कॉंग्रेसको कार्यकर्तालाई यो स्विकार्य हुने छैन।

नेपाली कॉंग्रेसको बिधानको अधिनमा रहेर त्यसले निर्देशित गरेका नियमावली लाई अनुसरण गर्ने र बि.पी कोईराला लगायत हाम्रा आदरणीय नेताहरुले सोचेको जस्तो नेपाली जनसम्पर्क समिति बनाउने बाहेकका बिषयहरुमा हामी सोच्न र कल्पना गर्न समेत सक्दैनौ। हामी, नेपाली जन सम्पर्क समितिमा आबद्ध नेपाली कॉंग्रेसका आम मतदाता मात्रै होइनौ, अपितु नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफुलाई पटक पटक सक्रिय रुपमा सहभागी गराउनेहरुको बिशाल समुह हो। नेपाली जन सम्पर्क समितिको स्थापनाकालिन उदेश्य, यसको मुल मर्म र भावानालाई बिर्सिएर एकातिर नेपाली कॉंग्रेसको आधिकारिक संगठन हौ भन्ने पार्टीको जिम्मेवारी र पद ओगटी रहने अर्को तर्फ गैर राजनीतिक सामाजिक संस्था भन्ने दोधारे व्यवहार र चरित्र देखाइनु आफैमा हास्यॉंस्पद छ।

नेपाली जन सम्पर्क समिति अमेरिका सामाजिक संस्था हो, भने ५०१ C को कुन दफाले ६ बर्ष बिना निर्वाचन नेतृत्व गर्ने अनुमति र अधिकार दियो ?  एकातिर पार्टीको निर्देशन अनुसार निर्वाचनमा जाने कुरा गर्ने र अधिवेशन नगर्ने अर्को तर्फ़ ५०१ C को कुरा गर्ने दोहोरो चरित्रले हाम्रो संगठन कमजोर हुदै गएको छ। नेपाली कॉंग्रेस पार्टी यसको बारेमा प्रष्ट हुनुपर्छ भन्ने कुरा हामी राख्न चाहन्छौ। अधिवेशनमा जानु अघि यस्ता बिषयहरुको निर्णय गर्न सकिएन भने यसले बिबाद सिर्जना गर्छ ,अधिवेशन प्रभावित हुन्छ र आफ्नो समय फेरी लम्याउन सकिन्छ भन्ने उद्देश्य राखेको देखिन्छ।

विदेशमा रहँदा सम्बन्धित देशको नियम र कानुनलाई मान्नुपर्छ भन्ने बिषयमा बिबाद छैन, तर नेतृत्व गर्नेहरुले यसको समाधानको उपाय खोज्न सक्नुपर्छ, त्यसको अलवा बिषयहरुलाई झन् झन् गहिरो बनाउने दायित्वबाट भाग्ने तर आफ्नो पदावधि लम्ब्याउने कामले संगठन बलियो हुन सक्दैन। नेपाली कॉंग्रेसले बिधान र नियमावलि अनुसार बि.सं.२०७६ कार्तिक ५ गते नेपाली कॉंग्रेसको मुख्यालयले मार्ग प्रसस्त गर्दै दिएको निर्देशानुसारको पत्रको भावाना र मर्मलाई टेकेर हामी अधिवेशनमा जानुपर्छ भन्नेमा निसंकोच कुनै दुबिधा छैन।अन्यथा, लगभग दशकको मेहनत पछि टेक्सासको डल्लासमा सम्पन्न गरिएको एकताको दोश्रो अधिवेशन केवल सुखद इतिहास मात्रै भएर रहनेछ।

हामीले अहिले द्विविधालाइ चिर्न सकेनौ भने, पार्टीको संगठनको रुपमा मान्ने कांग्रेसी कार्यकर्ताहरुको एउटा नेपाली जन सम्पर्क समिति र गैर राजनीतिक सामाजिक संस्थाको रुपमा मान्नेहरुको अर्को समुहका रुपमा हामी विभाजित हुने तितो यथार्थ हाम्रा सामु छिट्टै नै आउने छ। त्यो परिस्थिति बन्न दिनु हुदैन र समयमै हामीले यसलाई समाधान गर्नुपर्छ।

नेपाली जन सम्पर्क समिति अमेरिका नेपाली कॉंग्रेसको आफ्नै संगठन हो, यसले पार्टी निर्देशन सहित पठाएको पत्रको आधारमा सदस्यता बितरण गर्ने, निर्वाचन गराउने र महाधिवेशनका सम्पुर्ण प्रक्रिया पुरा गर्नुपर्छ। पार्टीको जिम्मेवारी लिएर पार्टीको परिपत्र र निर्देशन नमान्ने, अनुशासन उल्लंघन गर्ने छुट कोही कसैलाई छैन।

पछिल्लो पटक जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय समितिको बैठकको निर्णयको हवाला दिदै संचार माध्यममा केहि कुराहरु सार्वजनिक भएको थियो।सो बैठकमा म पनि सहभागी थिए। हाम्रो उपस्थिति रहेको सो बैठकमा अध्यक्षले जन सम्पर्क समिति अमेरिकालाई ५०१ अ मा लाने प्रस्ताब गर्नु भएको थियो र त्यसमा छलफल भएको थियो, तर कुनै निर्णय गरिएको थिएन, तर सोहि बिषयमा बैठकमा निर्णय गरिएको भन्ने खबर सार्वजनिक भएको छ। बैठकमा प्रस्ताव गरिनु र निर्णय हुनु दुई फरक बिषय हुन् भन्ने हामीलाई लाग्छ।

अन्तमा, नेपाली कॉंग्रेसको सक्रिय कार्यकर्ताको हैसियतले पार्टीको गर्विलो इतिहास, शहिदहरुको बलिदानलाई सम्मान गर्दै नेपाली जन सम्पर्क समिति अमेरिकालाई गैर राजनीतिक सामाजिक संस्थाको रुपमा भन्दा नेपाली कॉंग्रेस पार्टीले बिधानत ब्याख्या गर्दै स्थापित गरेको संगठनको स्वरुपमा जानुको बिकल्प छैन। र साथै म पनि आफुलाई यसै संस्थामा आबद्ध हुन पाएकोमा गर्वको महशुष गर्छु। ”

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…