Sansar News- Nepal's Fast Khabar Online News Portal

बलिउड अभिनेत्री काम्याले गरिन् दोस्रो विवाह, हेर्नुहोस् इन्गेजमेन्ट र विवाहका तस्विरहरु

संसार न्यूज़
७ महिना पहिले
बलिउड अभिनेत्री काम्याले  गरिन् दोस्रो विवाह, हेर्नुहोस् इन्गेजमेन्ट र विवाहका तस्विरहरु

काठमाडौँ । बलिउडकी टेलिभिजन अभिनेत्री काम्या पंजाबीले दोस्रो विवाह गरेकी छन् ।

काम्या टेलिभिजनकी एकदमै चर्चित अभिनेत्री हुन् । उनले ‘केता है दिल, क्यू होता है प्यार, कमेडी सिरीयस, नागिन, दो दिल एक ज्यान लगायतका धेरै सिरियलहरुमा अभिनय गरेकी छन् ।

यतिबेला उनको इन्गेजमेन्टदेखि विवाहसम्मका केहि तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । केही दिनअघि उनले आफ्ना प्रेमी शलभ डांगसँग इन्गेजमेन्ट गरेको तस्विरहरु सार्वजनिक भएका थिए ।

उनका हल्दी सेरेमनी र मेहंदीका तस्विरका साथै विवाहका तस्विरहरु पनि सार्वजनिक भइसकेका छन् । जुन तस्विरमा उनी एकदमै खुशी देखिएकी छन् । उनले सोमबार अर्थात १० फेब्रअरीमा आफ्ना प्रेमी शलभसँग विवाह गरेकी हुन् । काम्याका फ्यानले यो जोडीलाई निकै रुचाएका छन् ।

काम्याको यो दोस्रो विवाह हो। यसअघि उनले व्यापारी बंटी नेगीसँग विवाह गरेकी थिइन्। तर उनीहरुको वैवाहिक सम्बन्ध धेरै लामो समय टिक्न सकेन र सन् २०१३ मा काम्याले बंटीसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । पहिलो विवाहबाट काम्याको एक छोरी पनि छिन् ।

 

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो ५ दिन पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा १ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ३ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…