Sansar News- Nepal's Fast Khabar Online News Portal

अख्तियार प्रमुखलाई महाअभियोग लगाउन आग्रह

संसार न्यूज़
२ महिना पहिले
अख्तियार प्रमुखलाई महाअभियोग लगाउन आग्रह

२८ माघ, काठमाडौं ।  समाजवादी पार्टीकी सचेतक सरिता गिरीले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आग्रह गरेको छ ।

प्रतिनिधिसभाको विषेश समयमा बोल्दै गिरीले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दा राजनीतिक प्रतिसोधपूर्ण रहेको भन्दै महाअभियोग लगाउनसक्ने व्यवस्थाको प्रयोग गर्न कांग्रेसलाई सुझाव दिइन् ।

तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइएको स्मरण गर्दै गिरीले प्रतिपक्षी दलका रुपमा वर्तमान अख्तियार नेतृत्वमाथि महाअभियोगको प्रस्ताव ल्याउन आग्रह गरिन् ।

गच्छदारउपर राजनीतिक प्रतिसोध साधियोः कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक मंगलबारदेखि शुचारु भएको छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विरोध जनाउँदै आएको नेपाली कांग्रेसले मंगलबार भने संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको थियो ।

मंगलबार बिहान सिंहरदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले ललिता निवास प्रकरणलाई लिएर अब संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

मंगलबार निर्धारित समयभन्दा केही ढिला शुरु भएको बैठकमा नेपाली कांग्रेस सचेतक पुष्पा भुसालले उठेर समय माग्दै आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका नेता गच्छदारविरुद्ध राजनीति प्रतिशोधका आधारमा मुद्दा दर्ता गरिएको बताइन् ।

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ३ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ४ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…