Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकामा रहेका प्रा.डा दुर्गा दाहाल ‘अनुभव’ ले ल्याए एकैपटक दुई कृति

संसार न्यूज़
४ महिना पहिले
अमेरिकामा रहेका प्रा.डा दुर्गा दाहाल ‘अनुभव’ ले ल्याए एकैपटक दुई कृति

काठमाण्डौं । अमेरिकामा रहेका  कवि तथा प्राध्यापक डा दुर्गा दाहाल ‘अनुभव’ ले एकैपटक दुई कृति ल्याएका छन् ।
डा. दाहालद्धारा लिखित कविता संङ्ग्रह ‘अनुभवका अनुभुतिहरु’ र गिती एल्बम ‘माया’ को शनिबार (२६ माघ) एक कार्यक्रमकाबिच एकसाथ सार्वजनिक गरिएको हो ।

अनामनगरमा रहेको बोकाभात रेष्टुरेण्टमा आयोजित विमोचन कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. तुल्सी दिवसले डा दाहाल नेपाली भाषा, साहित्य र संस्कृतिप्रति समर्पित भएको व्यक्तित्व रहेको तथा दाहालको व्यवहार र आचरणमा पाइएको कवितात्मक सरलता तथा मानवियताबाट आफू प्रभावित भएको बताएका थिए ।
साहित्यकार डा. दिवसले देश बुझ्न र थाहा पाउन देशबाट टाढा रहनुपर्नेे बताउँदै कवि दाहाल अमेरिकामा बसेर पनि नेपाली भाषा र साहित्यमा समर्पण भएको बताउदै दाहालले सबै नेपालीले अनुभुति गरेको कुरा किताबमा समेटेको तथा कवितामा विम्बहरु धेरै प्रयोग नगरिए पनि अनुभुति र संवेदना प्रसस्त पाइएको समेत बताए ।

कार्यक्रममा राजनीतिक विश्लेषक शोभाकर पराजुलीले आफूले कविता नलेखेपनि साहित्यनुरायी भएको बताउँदै डा. दाहालकै प्रेरणबाट कविता लेख्ने प्रयास गरेको समेत बताएका थिए ।

सोहि कार्यक्रममा डा. दाहालका कवितामा टिप्पणी गर्दै प्रा.डा लक्ष्मण गौतमले डा. दाहालमा युवकत्व भाव र सकारात्मक सोच तथा आत्मवल भएको व्यक्ति रहेको बताएका थिए ।

उनले दाहालका कविता जीवन दर्शन दिने तथा भावना र अनुभुतिहरुको छोटा-छोटा कविता बनेर किताबमा समेटिएको बताउँदै कवितामा देश दुखेको पाइएको समेत बताएका थिए ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्धारा आयोजित उक्त विमोचन कार्यक्रममा अनेसासका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा अनेसासका पूर्वअध्यक्ष मोहन सिटौला, कथाकार हिरण्य कुमारी पाठक, गीतकार उन्नती बोहोरा ‘शिला’, लगायतको आतिथ्यता रहेको थियो भने नियात्राकार युवराज नयाँघरेले डा दाहालको परिचय, मुक्तक प्रतिष्ठानका महासचिव  रमेश पौडेलले शुभकामना मन्तव्य, गिता कार्कीले कृतिमाथि कवितात्मक टिप्पणी गरेकी थिइन् ।

त्यस्तै तारा बस्नेतको स्वागत मन्तव्य र ऋषदेव घिमीरेको सञ्चालन रहेको उक्त कार्यक्रममा डा. रेनुका शोलु, मन्जु खराल, रमेश दाहाललगायतले कविता बाचन गरेका थिए भने बालिका प्रनिशा खत्रीले गीत प्रस्तुत गरेकी थिइन् ।

कवि तथा गीतकार डा. दाहालले ‘अनुभवका अनुभूतिहरु’ मा आफ्नो मानसपटलमा आएका कुरा उतारेको तथा छन्दबाट मुक्त भएर पोखिएका कविता भावना अनि मन मस्तिष्कका दिनप्रतिदिनका भाव कविताका रुपमा आएको बताए ।

उनले कविताहरुमा कमल र गुराँसका फूल नभएर मानव मनका कुरा सन्देश दिन खोजिएको बताएका थिए ।
आसाममा जन्मिएका कवि दाहालले आफू सामान्य परिवारबाट आएको तथा सामान्य मानिस भएको बताउँदै नेपालमा रहँदा काठमाण्डौंका थुप्रै कलेजमा प्राध्यापन गर्दा साहित्य सिर्जनामा समय दिन नसकेको र अब निरन्तर सिर्जनामा लागिरहने बताएका थिए ।

तीन महिना अघि नेपाल आएका डा. दाहालले अस्वस्थताको कारण एउटा खुट्टाको गोडामुनिको तल्लोभाग गुमाएका छन् । अमेरिका पुगेर स्वास्थ्यलाभ गर्ने बताएका डा. दाहाललाई कार्यक्रममा उपस्थित सबैले स्वास्थ्यलाभको कामना समेत गरेका थिए ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…