Sansar News- Nepal's Fast Khabar Online News Portal

छुवाछूतमुक्त अभियानलाई पुरोहित र धामीझाँक्रीको साथ

संसार न्यूज़
२ महिना पहिले
छुवाछूतमुक्त अभियानलाई पुरोहित र धामीझाँक्रीको साथ

२८ माघ, जाजरकोट । समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतविरुद्ध यहाँका धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् । भेरी नगरपालिलाई पूर्णरुपमा छुवाछूतमुक्त अभियानलाई साथ दिन उनीहरुले एकजुट भएका हुन् ।

जातीय भेदभाव तथा छुवाछूतविरुद्ध जागरण फैलाएर समृद्ध नगर बनाउने अभियानलाई साथ दिन समेत उनीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । भेरी नगरपालिका–११ का रुपलाल शर्माले भने, “आफूहरु छुवाछूत गर्दैनौँ र समाजमा गर्न पनि दिन्नाँै, यस्तो कुकर्म कसैबाट भए सामूहिक रुपमा प्रतिकार गर्छौं ।”

भेरी नगरपालिका–४ एकदेव शर्माले भने, “आफ्नो घरमा बनाएको मन्दिरमा दलितसँगै सामूहिक रुपमा पूजापाठ गर्न आएको छँु, सानो जात र ठूलो जात भन्ने हुँदैन ।”

नगरप्रमुख चन्द्रप्रकाश घर्तीले कुसंस्कारका रुपमा मूल जरो बनेको विभेदलाई हटाउनका लागि धामीझाँक्री तथा पुरोहितहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, “समाजमा देवतालाई अगाडि सारेर नै छुवाछूतजस्तो हुने गरेकोे छ, अब हाम्रो यो सामाजिक अभियानमा धामीझाँक्री तथा पुरोहितले साथ दिनुभएको छ, यो खुशीको कुरा हो ।”

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…

कोरियामा साहुहरुको रुवाबासी

कोरियामा साहुहरुको रुवाबासी ४ हप्ता पहिले | संसार न्यूज़

कोरोनको त्रासले बिना भिषा काम गरिरहेको प्रवासी श्रमिक धेरै स्वदेश…