Sansar News- Nepal's Fast Khabar Online News Portal

यमनमा मानवीय सङ्कट थप जटिल बन्दै

एएफपी
७ महिना पहिले

२९ माघ, यमन । द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र यमनमा मानवीय सङ्कट विश्वको सबैभन्दा जटिल विन्दुमा पुगेको राष्ट्रसङ्घले बताएको छ ।

मङ्गलबार यमनका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय मानवीय समन्वयकर्ता लीज ग्रान्डेले भने, यमनमा विशाल जनसङ्ख्या दाताहरूको सहयोगको पर्खाइ गर्नुको विकल्प नै छैन ।

उनले भने, “मानवीय सहयोगका लागि यमनमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले त्यस्तो वातावरण निर्माण गर्नुपर्दछ जहाँ उनीहरू मानवीय सिद्धान्तहरूमा समर्थन बटुल्न सक्छन् ।”

सरकारी सेना र इरान निकट यमनी हुथी समूहको द्वन्द्वको कारण देशमा दोहोरो जोखिम छ । लाखौँ यमनीले बाँच्नका लागि खाद्य सहायता लिनुको विकल्प छैन । “यमनमा झण्डै ८० प्रतिशत जनसङ्ख्याका लागि सहायता जीवन रक्षाको एक माध्यम भएको छ,” सहायताका लागि यमनमा तैनाथ अधिकारीले भने ।

“मलाई यमनको सङ्कट देख्दा निद्रा भङ्ग भएर आउँछ,” उनले यमनको कहालीलाग्दो स्थितिलाई वर्णन गर्दै भने । “के हामी करोडौँ मानिसहरूबाट टाढा जान सक्छौँ । सहायताबिना उनीहरू सहजै अनिकालमा पर्न सक्छन् ।” जोखिम यति धेरै छ तर यस हप्ताको बैठक र छलफलमा जोड दिइने सम्भावित विकल्पका साथ एकीकृत प्रतिक्रियालाई सम्बोधन गर्ने कुरा सहायता कार्यक्रमलाई अवरूद्ध हुन वा खारेज हुनबाट जोगाउने रहनेछ ।

“सहयोगको खाँचो भएकालाई सहयोग पु¥याउने कुरा बेलायतले संयुक्त राष्ट्रसङ्घलाई अरू दाताहरुसँग मिलेर योजनाको नेतृत्व लिन आग्रह गरिरहेको छ । हामी सबैलाई कसरी सहयोग दिने भन्ने कुरालाई प्राथमिकता दिन सक्छौँ,” संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) का प्रवक्ताले बताए ।

यमनी चिकित्सक अब्दुल्ला थावाबाले केवल क्यान्सर अस्पतालले बच्चाहरूलाई उनीहरूको आवश्यक उपचार दिन नसक्ने बताउँदै यमनमा स्वास्थ्य क्षेत्रमा पनि अनगिन्ती समस्या रहेको बताए ।

“हामीले केही समयका लागि विभिन्न दिशामा जानुपर्दछ, जबसम्म हामी यमनको सङ्कटको अवस्थालाई फर्काउन सक्दैनौँ । यो हाम्रो जिम्मेवारी हो,“ लिसे ग्रान्डीले भने । उनले एक करोड ४० लाख व्यक्तिभन्दा बढीलाई पुग्ने कार्यक्रमको सुरक्षाका लागि वरिष्ठ हुथी अधिकारीहरूसँग निरन्तर छलफल गर्न अग्रणी भूमिका खेलेका छन् । “हामी सहयोग गर्न उपायहरू खोज्न प्रतिबद्ध छौँ,” उनले भने ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो ६ दिन पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा १ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…