Sansar News- Nepal's Fast Khabar Online News Portal

अझै न्याय पाइनन् सानुमायाले

संसार न्यूज़
२ महिना पहिले

२९ माघ, सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिरहेकी छिन् । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गरेकी राई आफ्नै घरपरिवारबाट पीडित बनेको बताउछन् ।

नेपाली सेनामा कार्यरत श्रीमान्को समेत विसं २०७५ असोज २ गते कमलपित्त (जन्डिस) का कारण मृत्यु भएपछि ससुरा रुङ्थे राईले घर निकाला गरेको पीडित राईको भनाइ छ । एक छोरा र दुई छोरीसमेतको जायजन्म भए पनि हाल आफू एक्लै बस्नुपर्ने बाध्यता रहेको सानुमायाको भनाइ छ । दश वर्षको छोरा निरोज राई, छ वर्षकी छोरी निर्जला राई र चार वर्षकी छोरी सिर्जना राई भए पनि ससुराले ज्यान मार्ने धम्की दिएर बालबच्चाको इच्छाविपरीत उनीहरूलाई जबर्जस्ती घरमा राखेर आफूलाई निकालेको उनको भनाइ छ ।

श्रीमान् भए पनि घरमा बारम्बार गालीगलौज गर्ने, खानलाउनसमेत नदिने सानुमायाको गुनासो छ । “छोराछोरी मलाई देख्दा रोइकराई गर्छन्”, राईले भने, “संविधानतः पाँच वर्षको छोराछोरी आमाको साथमा हुनुपर्ने, उचित समयमा शिक्षा पाउनुपर्ने भए पनि त्यसको समेत उल्लङ्घन भएको छ ।”

सानुमायाले घर निकाला भएपछि २०७५ असोज २४ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमार्फत उजुरी दर्ता गरेका थिए । प्रहरीका अनुसार असोज २७ गते छलफल गरी मिलापत्र गराएको भए पनि ससुराले पुरानै व्यवहार दोहो¥याउँदा घरसमेत फर्कन नसकेको राईले गुनासो गरे । “घरमा जाने अवस्था भएन, मेरो छोराछोरी लगेर गए”, राईले भने “म देवरको घरमा बसँे, माइत घरमा जान पनि डर लाग्यो, अहिले मेरो ज्यानको सुरक्षा छैन, तर पनि प्रहरीले समेत न्याय दिलाउन सकेन ।”

श्रीमान् हुँदासमेत घरमा खानालाउन राम्रोसँग नपाएको सानुमायाले बताए । श्रीमान्को मृत्युपश्चात नेपाली सेनाबाट प्राप्त गर्ने सेवासुविधाका लागि छोराछोरीसहित ‘हेडक्वार्टर’मा जानुपर्ने भए पनि छोराछोरी नदिएपछि सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको उनको भनाइ छ । “मेरो उद्देश्य केही छैन, आफू अनपढ भएर दुःख पाएकैले पनि जस्तोसुकै कष्ट सहेर भए पनि मेरा छोराछोरीलाई राम्रो शिक्षा दिन्छु ।” प्रहरी कार्यालयबाट समेत न्याय नपाएपछि इन्सेक सोलुखुम्बुको शरणमा आएकी सानुमायाले आँशु झार्दै भने, “विद्यालय जाने उमेरका मेरा छोराछोरी विद्यालय जान पनि पाएका छैनन्, राम्रो खानलाउन पनि पाएनन्, हरेक अधिकारबाट वञ्चित गराइयो ।”

सानुमायाका ससुरा रुङ्थे राईलाई बारम्बार सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी महेन्द्र दर्नालले एकपटक सामान्य छलफल गराएको भए पनि पुनः नआएपछि समस्या समाधान भएको महसुस भएको बताए । उनले  तत्कालै प्रहरी कार्यालयमा दुवै पक्षलाई राखी कानूनसम्मत छोराछोरी आमाको जिम्मा लगाउने र सेनाबाट पाउने सेवासुविधा प्राप्त गर्ने वातावरण सिर्जना गरिदिने बताए ।

के छ कानूनी व्यवस्था ?
मुलुकी देवानीसंहिता, २०७४ को भाग ३ को परिच्छेद ४ को दफा ११५ को उपदफा १ (क) मा पाँच वर्ष उमेर पूरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभए पनि निजले चाहेमा आमाको जिम्मा, सोही उपदफाको (ख) मा पाँच वर्षभन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेको बाहेक निजले चाहेमा निजको जिम्मा रहने व्यवस्था उल्लेख छ । उपदफा १ ले सानुमायाको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने देखिन्छ ।

सोही दफाको उपदफा ४ मा कुनै नाबालक यस दफाअन्तर्गत आमा वा बाबुमध्ये कुनैको जिम्मा रहेकोमा त्यसरी जिम्मा लिने बाबु वा आमाको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले अविलम्ब त्यस्तो नाबालक आफ्नो जिम्मामा लिनुपर्ने छ भन्नेसमेत उल्लेख गरेको छ । रासस

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ४ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ५ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…