Sansar News- Nepal's Fast Khabar Online News Portal

अब सलमान खानकी प्रेमीका बन्दैछिन् यी नायिका

संसार न्यूज़
७ दिन पहिले
अब सलमान खानकी प्रेमीका बन्दैछिन् यी नायिका

काठमाडौँ । निर्देशक फरहद सामजीले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘कभी ईद कभी दिवाली’ मा बलिउडका सुपरस्टार अभिनेता सलमान खान अनुबन्धित भएका छन् ।

खानको नयाँ फिल्म घोषणा भएपछि उक्त फिल्ममा फिमेल लिड रोल कुन अभिनेत्रीले निर्वाहा गर्नेछिन् भन्ने चासो धेरैको थियो । अब, उक्त फिल्ममा अभिनेत्री पूजा हेगडे ले अभिनय गर्ने भएकी हुन् । यसभन्दा अगाडी पनि उनले ‘हाउसफुल ४’ मा अक्षय कुमार र ‘मोहन जोदडो’ मा ऋतिक रोशनको अपोजिटमा काम गरिसकेकी छन् ।

उक्त चलचित्रका निर्माता साजिद नाडियावालाले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन,‘पूजा हेगडेसँग फिल्म ‘हाउसफुल ४’ मा काम गरेपछि मलाई लाग्यो कि यो रोलमा उनी उपयुक्त हुनेछिन् । उनले यो कहानीमा नयाँपन लिएर आउने छिन् ।’ ‘कभी ईद कभी दिवाली’ एक फेमिली ड्रामा फिल्म हो । फिल्ममेकर्स सलमान र पूजाबीच आइस ब्रेकिङका लागि वर्कसप गरिरहेको छ ।

फिल्ममा अभिनेत्री पूजाको भूमिकाबारे बताउँदै निर्माता साजिदले अगाडि भने, ‘फिल्ममा सलमानकी प्रेमिका एक सानो शहरमा बस्ने युवती हुन्छिन्, जसको स्वभाव सलमानभन्दा विल्कुल अपोजिट छ ।’ पूजाले साउथमा ‘मुकुन्द’ जस्ता फिल्ममा स्मल टाउन गर्लको भूमिका निभाएकी छन् । अब हेर्न यो रोचक हुने देखिन्छ कि सलमानको फिल्ममा उनले कस्तो जादू देखाउनेछिन् ।

‘कभी ईद कभी दिवाली’ का निर्देशक फरहद सामजीले यसअघि पनि ‘हाउसफुल ४’ को निर्देशन गरेका थिए । भने, अहिले अभिनेता अक्षय कुमारसँग फिल्म ‘बच्चन पाण्डे’ मा काम गरिरहेका छन् । फिल्म २०२१ को इदमा प्रदर्शन हुनेछ । पहिलो पटक अभिनेता सलमान खानको फिल्म ‘जुडुवा’ ईदमा रिलिज भएको थियो । उनका प्रायः फिल्म ईदमा प्रदर्शन हुने गरेका छन् ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? २ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…