back

चीनबाट नेपालीहरुलाई स्वदेश नफर्काउन सांसदको माग, खरिपाटीमा राख्न नदिने चेतावनी

वि.सं.२०७६ माघ २९ बुधवार

165 

shares
NTC AD
Global IME AD

२९ माघ, काठमाडौं । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले कोरोना भाइरसको महामारीग्रस्त चीनबाट नेपालीहरुलाई स्वदेश नफर्काउन माग गरेका छन् । भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन बनाउने सरकारले निर्णय गरेकाप्रति पनि उनले विरोध जनाए ।

सुवालले चीनबाट नेपालीहरुको उद्धार गर्न नहुने धारणा प्रनिनिधि सभामा निरन्तर राखिरहेका छन्। यसैक्रममा उनले बुधबार उद्धार गर्न नहुनेमात्रै होइन, उद्धार गरेर खरिपाटीमा राख्न सिफारिस गर्ने सचिवलाई समेत कारबाही गर्न माग गरे।

उनले भने, ‘खरिपाटीमा क्वारेन्टाइन बनाउने भनेर सरकारले निर्णय गरेको छ। तर, त्यसो गर्न मिल्दैन। यहाँ सिफारिस गर्ने सम्बन्धित मन्त्रालयका सचिवलाई निलम्बन गरी कारबाही गर्न माग गर्दछु।’

चीनमा रहेका कोरोना भाइरस प्रभावित नेपालीलाई उद्धार गर्न सरकारले आगामी शनिबार जहाज त्यसतर्फ पठाउने भएको छ । यहि फागुुन ३ गते नेपाल एयरलाइन्सको वाईड बडी चीनको वुहान जाने तय भएको हो । यसले कोरोनाका कारण वुहानमा फसेका १८० नेपाली विद्यार्थीको उद्धार गर्ने छ । वुहानमा रहेका विद्यार्थीका आफन्तले आफ्ना सन्तानलाई छिट्टै नेपाल ल्याउने वातावरण मिलाउन सरकारलाई निरन्तर दवाव दिँदै आएका थिए ।

वि.सं.२०७६ माघ २९ बुधवार १४:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...