Sansar News- Nepal's Fast Khabar Online News Portal

भाषा एवं संस्कृतिको जर्गेनामा जोड

संसार न्यूज़
१ हप्ता पहिले
भाषा एवं संस्कृतिको जर्गेनामा जोड

२९ माघ, कास्की । गण्डकी प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले मौलिक भाषा एवं संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यहरुले गण्डकी प्रदेश भाषा, कला एवं संस्कृतिका हरेका पक्षमा सम्पन्न भएको बताउँदै यसको संरक्षण हुनुपर्ने बताए ।

प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सभामा सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका विधेयक सम्बन्धमा सदस्यहरुले भाषा, कला, संस्कृतिको जगेर्ना गर्दै यसको मौलिकतालाई कायम राख्न विधेयक बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य प्रभा कोइरालाले भाषा संस्कृति हामीहरुको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै प्रस्तावित विधेयकले यसको लागि महत्वपूर्ण योगदान गर्ने बताए । खोज र अनुसन्धानका लागिसमेत विधेयकले मार्ग प्रसस्त गरेको चर्चा गर्दै उनले यसको सफल कार्यान्वय हुनुपर्नेमा जोड दिए ।

अर्का सदस्य सरिता गुरुङले प्रत्येक भाषा संस्कृति मानव सभ्यताको सूचक भएको उल्लेख गर्दै गण्डकी प्रदेशमा मात्र २३ भाषाभाषी रहेका स्पष्ट पारे । लोपोन्मुख कुसुण्डा जाति तनहुँ र नवलपुर मात्रै रहेका बताउँदै उनले विधेयकले यस्ता जातजाति एवं भाषाभाषीको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य पियारी थापाले मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विधेयक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । अर्का सदस्य चन्द्रबहादुर बुढाले विधेयक राज्यले लिएको समृद्धि र विकासको लक्ष्य पूरा गर्न सहयोगी बन्ने उल्लेख गरे ।

बैठकको विशेष समयमा प्रदेशसभा सदस्य मीना गुरुङले सञ्चारमाध्यमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानून निर्माणमा ढिलाइ भएको धारणा राखे । अर्का सदस्य विन्दुकुमार थापाले कोरोना भाइरसका कारण पर्यटनलगायतका क्षेत्रमा प्रभाव परेको बताउँदै यसको प्रभावबाट बच्न बेलैमा ध्यान पु¥याउनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेशसभा सदस्य राजीव पहारीले वर्तमान सरकार देशमा भ्रष्टाचार न्यूनीकरण गराउँदै सुशासन कायम गराउन क्रियाशील रहेको बताए । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिनको १ः०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ६ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…