Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रवासी नेपाली एकता मञ्च पोल्याण्डको अध्यक्षमा कटुवाल र सचिवमा आचार्य, यस्तो छ कार्यसमिति

संसार न्यूज़
६ महिना पहिले
प्रवासी नेपाली एकता मञ्च पोल्याण्डको अध्यक्षमा कटुवाल र सचिवमा आचार्य, यस्तो छ कार्यसमिति

१ फागुन, पोल्याण्ड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोल्याण्डस्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।
नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले पोल्याण्डमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च पोल्याण्ड गठन गर्ने निर्णय गरेको हो ।

जसको अध्यक्षमा टंक बहादुर कटुवाल र सचिवमा विनोद कुमार आचार्य रहेका छन् भने सदस्यहरुमा लक्ष्मी प्रसाद भट्टराई, नवराज ढकाल, अक्षय रिजाल, करण कंडेल, गणेश थापा, टेकनाथ गुरागाईं, ईश्वर देबकोटा, शेरबहादुर परियार, आनन्द घिमिरे, सन्तोष अधिकारी, मनिषमान श्रेष्ठ, लालमाया पुन, राजु पुन, प्रशंशा प्रधान र आचल सुवेदी रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।

यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई ( ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…